bcompany दाजु आऊ देश बचाऊ।

 bcompany दाजूको चित्रकारीको मूल विशेषता लिङ्गको आकार हो । दाजूले  निर्माण गरेको एक चित्र हेर्दा म अर्धमुधित हुन नपाउंदै पहिलो दृस्टीमा लिङ्ग देख्छु  । एक दिन दाजूले निर्माण गरेको चित्र आयो । देखें । हेरें । त्यो चित्रमा लिङ्ग देखाइएको थिएन ।  केहि समय पछि  दाजू twitter मा  स्वयम्भु भए पछि मैले दाजूमा प्रश्न तेर्सो पारें । प्रश्न ठुलो थिएन । छरितो थियो । " दाजू आज चित्रमा  लिङ्ग किन आरोपित नगरिदिनु भएको ," मेरो प्रश्नको बिऊ छुट्यो । दाजूको जवाफ आयो " दाजू आजकल lockdown ले गर्दा कन्डम बनाउने फेक्टरी बन्द छन् ,  त्यो  देखे बने फेरी प्रेरणा पाउलान भनेर हो। " दाजूको यो तर्कको  आधारमा  मलाई  दाजूको तिब्र समालोचक  चेतको नचिक पुगेको महसुस भयो । दाजूको समालोचक चेतको खास मुल्यांकन हुन सकेको छैन । 

प्रत्यक दिन सोमत भएका र सोमत नभएका डाक्टर राउण्डमा निस्के जस्तो म पनि bcompany दाजूको twitter खातामा पुगेर दाजूले दिएका जवाफ हेर्छु र मलाई हाँसोको फोहरा छुट्न सुरु हुन्छ। । दाजूले लोकतन्त्रको प्रतिपक्षको जुन भूमिका निर्वाह गर्नु भएको छ अनि जस्तो हास्य रसको निर्माण गर्नुभएको छ, यसले दाजूलाई राजनीति  र  कलाको संगम बनाएको छ।  bcompany दाजूको ब्यक्तित्व  यो संगममा रंगको अन्तरघुलन भएर बनेको छ ।  


अरुको दृस्टीबाट सोच्न नसक्नु अनि  आफूले भनेको अरुले मानोस  भन्ने चाहाना अनि  आफुलाई अलि फाइदाजनक काममा अरुले सहयोग गरोस भन्नु  औसत मानिसका यत्रतत्र सर्वत्र गुण हुन् । bcompany  दाजू  यो आत्मकेन्द्रित घेराबन्दीबाट बाहिर निस्कनु भएकोले अब  मानिसले  bcompany आऊ देश बचाऊ भन्ने समय भएको छ । दाजूले पनि राजनीतिक पार्टी कसरी खोल्ने भन्ने बिषयमा आफ्ना शरीरका विभिन्न अवयव प्रयोग गरेर सोच्न  ढिलो  गर्न हुन्न। 


bcompany दाजूले सुर्ती छोड्न नसक्नु दाजूको कमजोरी नै हो । कुनै एक दिन दाजू कावा खाँदै समयको धुन सुन्दै एउटा तरङ्गमा स्थिर भएर बसेको बेला भगवान कृष्ण आउनु भयो, " कम्पनी दाजू कौरवसंग युद्ध गर्न पर्यो मानिसहरुको ज्यान बचाउन, कौरवले मान्छे मारेर सक्ने भए दाजू "  भन्दै । दाजूको राजनीतिक जवाफ थियो " मान्छेलाई बचाउन यत्रो नि मान्छे मार्दिन। " " कृष्ण दाजू तिमी अब आफ्ना तर्क हजारौं मानिसमाझ राख्दै जाऊ , हाम्रो हतियार युद्ध र धर्म होइन बरु तर्क र तरङ्ग हो । " भगवान कृष्णमाथि यसरी नयाँ नीतिको प्रादुर्भाव गराएर दाजूले  रुन्चे अर्जुनको कमजोरी सार्वजनिक गरिदिनु भएको छ । 


लोकंतान्त्रिक विचारको सुरुवात यहि कृष्ण र bcompany  daju को वार्तालाई लिने गरिन्छ । हजारौं बर्ष पछि पनि यो विचार हरियो र पल्लवित हुँदै  अरबौं मानिसको जीवनमा निस्चिता दिंदै  उनीहरुलाई मरणबाट बचाएको छ । तानासाहरुको विचारलाई मसिनो छेस्को जस्तो  पार्न दाजूको हरित बिचारले ब्रम्हाण्डमा जुन मधुर बतासको लोकान्त्रिक धुन  छोडेको  छ  यो  अर्को हजारौं बर्ष सम्म पनि चलायमान रहन्छ ।     


यहि वार्ताको बीचमा  bcompany  दाजूले कृष्ण  दाजूसंग एउटा सहयोग माग्नु भयो " कृष्ण दाजू यो सुर्ती छोड्न पर्यो केहि उपाय को विश्लेषण गरेर एउटा document बनाएर मलाई दिऊ न , हैरान भैयो दाजू। "  कृष्ण मुस्काए " हस दाजू " भन्दै।  



Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।