सुरेन्द्र ji को अन्तर्वार्ता ।

 डाक्टर साब नमस्कार । 

नमस्कार बाबु 

 Q. डाक्टर साब देशमा vaccine किन ल्याउन नसकेको होला ? 

vaccine कहाँ आउँछ त बाबु । उनिहरुले आफुले लाएपछि अब आउँछ त बाबु । अब मलाई प्रधानमन्त्री  बनाउनु न त बाबु । मलाई हराउँछन् चुनावमा  । यस्ता मान्छे जनता भएको देशमा अब के हुन्छ  । यस्तालाई प्रधानमन्त्री  बनाएपछि आउँछ त vaccine बाबु । अब खाउ खुदो ।    


 Q. डा साब मान्छे मर्ने भए त ? 

अब कांग्रेस एमालेलाई चुनावमा भोट हालेपछि महामारीमा कसरी बाँच्छन् त बाबु । अब समाजवादले आएर दिन्छ vaccine ?  राजनीतक विचारधारा भएकालाई vote दियौ । अब खाऊ खुदो । अब मलाई इमरान खान बनाऊ भन्या vote हल्दैनान् ।     


Q. डा साबले जनतालाई तर्क गरेर राजनीति सुधार गर्न आवस्यक पूट दिन पर्यो ? 

अब मैले के दिने बाबु। यसले राजदूत नपाएर उफ्रेको भन्छन्। यस्ता छन् यहाँका मान्छे । पार्टीमा नलाग्ने मानिसलाई पानी पनि खान दिन्नन् । बाबु मलाई बिश्वबिद्यालयमा २५ वर्ष  एउटा तालिममा पठाएनन् ।  जता पनि उस्तै छ । हेर्नुस त अस्पतालको हालत । मेरो घरमा पानी नआएको १५ बर्ष भयो । त्यो पुतलीसडकको ढल हेर्नुस त त्यो फुटेको पाँच वर्ष भयो । म साधारण किसान परिवारको मानिस । मलाई cancer  भयो । प्राध्यापकबाट निवृत्त भएँ । अहिले एउटा गाडी किन्ने पैसा छन् । २५ वर्ष अगाडी मैले देखेका सामान्य मानिस अहिले महलमा बस्चछन् । ४० लाखको गाडी कुदाऊँछन् । अब खाऊ खुदो । मलाई राजदूत हुन नपाएर यस्तो बोल्छ भन्छन् । सुन्दरमणिलाई प्रधानमन्त्री बनाम, मलाई मन्त्री बनाम न त । मेरो जमानत जफत हुन्छ मलाई थाहा छ नि । अब लगाउ vaccine ।  




Q. अब त सरकार परवर्तन होला जस्तो छ नि ड़ा साब ? 


अब प्रचण्डको हालत हेर्नुस। यस्ता ल्यांग्रले अब सरकार फेर्छन् । अनि प्रधानमन्त्री शेरबहादुर बन्ने ? अहिले भारत हिन्दु धर्ममा लागेको छ ।  ।  यो अस्तिरतामा चुनाव भए  हिन्दु धर्मवालाले  पनि केहि सिट ल्याउलान। यति पनि नबुज्नेले राजनीति गर्छु भन्दै हिडछन् ।  right men right place भन्छु म । राजदूत नपाएर यस्तो भन्छ भन्छन् । हेर्नुस त महन्त ठाकुर ओलीको पछि लागेको । प्रधानमन्त्री खा भन्दा खान्न त ल्यांग्रो । अनि बाबुरामको हेर्नुस चर्तिकला । अब येस्ताको के कुरा गर्ने बाबु।  अब लाऊ vaccine खाऊ खुदो । मलाई राजदूत नपाएर कुण्ठा पोक्छ भंछन् ।   


 Q ओलीले के गर्या डा साब ? दुई चोटी संसद विधटन, कु गर्दैन डा साब ? 

यस्ता ल्यांग्रले गर्छन् कु अब । त्यो प्रचण्ड र देउवालाई म  भए उहिले समातेर अनुसन्धान गर्थें । कम खाएका छन् बाबु यिनले ।दुई तिहाईको ताल हेर्नुस त । कस्ता मान्छे मन्त्री छन् । युवा नेता योगेस भट्टराई हेर्नुस त । हप्ता- हप्तामा कुरा फेर्छन् । कुर्सी पाउने हो भने नाङ्गै हिडछन् बाबु यिनी । ओलीको भाषण हेर्नुस त , कुनै हिसाबले राजनीतिक छ ? यस्ता मान्छे कसरी प्रधानमन्त्री छन् ? मलाई राजदूत नपाएर यस्तो भन्छ भन्छन् । यस्ता  ल्यांग्रको के कुरा गर्नु बाबु । खाऊ खुदो । लाऊ vaccine ।    



Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।