बिष्णु सापकोटा र तारानाथ दाजू

 बिष्णु सापकोटा दाजूको  आकार मैले पहिलो चोटी देखेको donbosco college मा हो  । त्यो लप्सीको बुटोको ऐतिकासिक लपेटा र  विशाल काय दाजूको सम्झनामा बल्जाउन सकिन्छ होला / साहित्यकार  तारानाथ शर्मा दाजू पनि बरालिंदै उक्त कलेजमा आइपुग्नु हुन्थ्यो । बिष्णु सापकोटाले तारानाथ दाजूबारे लेखेमा एउटा राम्रो रसको उत्पादन हुने सम्भावना रहन्थ्यो ।  तारानाथ दाजूको अहिलेको मानसिक स्मृति सत्यमोहन जोसी दाजूको जस्तो सटिक अवस्थामा छैन तर उहाँको जिविन लम्बाईको नाप एउटा खुसीको बिषय  छ र साथसाथै अध्ययन पनि । आफू किन लामो बाँचे भन्ने प्रश्नको सबभन्दा उत्साहपूर्ण उत्तर  तारानाथ दाजूबाट नै  आउँछ वा आउंथ्यो  । दाजूले आफू बेलायतमा हुँदा तरुनीहरु आफूसंग  "ड्याम्म ड्याम" ठोकिन आएको उर्जाले अहिले सम्म आफ्नो जीवन तानेको भन्न बेर लगाउनु  हुन्न । 


तारानाथ दाजूले डिपी भण्डारी दाजूले जस्तो म, मा, मु, मू जस्तो शब्द प्रयोग नगर्ने हुनाले मलाई बढी टेस तारा दाजू पर्छ । डिपी दाजूसंग  मेरो  प्रत्यक्ष भेट भएन ।  twitter मा उपलब्ध दुर्गा घर्ती दाजूका केहि संसमरण छन् कि ? 


बिष्णु दाजूको MA थेसिस मैले पुस्तकालयमा भेटेर नक्कल कापी बनाएर कोठामा स्थापित गरेको छु। साहित्य सिद्धान्त भनेको के हो भन्ने प्रश्नको वरिपरि घुमेको छ उक्त लेखन  । 



 सिद्धान्तको बिषयमा एकदिन उहाँले एउटा अकिञ्चन लेख लेख्दा मैले त्यो लेख अरुण गुप्तो दाजूलाई बिजुली चिठी पठाएर प्रश्न राखेको थिएँ " के सिद्धान्तलाई यसरी  बाले र तारेले एक अर्कालाई झट्टी हानेजस्तो हान्न पर्ने हो र ? " अरुण दाजूको जवाफ आयो । उहाँको जवाफ दिने सिद्धान्त कस्तो हुन्छ भने " कसरी जवाफ दिंदा यो मानिसले यो बिषयमा सोच्ला ? " त्यस्तै जवाफ आयो । उक्त लेखमा सिद्धान्तबारे बिष्णुदाजूको प्रतिकूल धारणा थियो । यसमा मेरो अकिञ्चन र कच्चा तर महत्वपूर्ण माटोले बन्दा बन्दैको अवस्थामा रहेको धारणा के छ भन्ने सिद्धान्तलाई सरल पार्नु पनि एउटा सिद्धान्त हुनसक्छ ।  माथि तारे भनेको तारानाथ शर्मा।  बाले अर्थात् बालकृष्ण पोख्रेल । साथी भएकोले एक अर्कोमा उहाँहरुको झर्रो भाषाको प्रयोग यसरी हुने गर्थ्यो ।  तारे र बालेले एक अर्कालाई आफुले पहिले मदन पुरस्कार पाउँछु भन्दै झर्रा झट्टी हान्दै  भाषाको प्रयोग गर्नुहुन्थ्यो । 


बिष्णु सापकोटा दाजूको जन्म नहुँदा नहुँदै भएको रहेछ पापाको उमेर ५७ पुग्दा । अभि सुवेदी दाजूको पनि  तारानाथ दाजूको शैलीमा भन्दा "ट्वाक्कै त्यहि  हो" । नाफाको जिन्दगी भन्दा हुन्छ कि ? 


तारानाथ दाजूको मृत्यु  अघि नै संस्मरण लेख्न सकियो भने संस्मरणको विनिर्माण हुन्थ्यो । विनिर्माणको सिद्धान्तको प्रयोग यसरी गर्ने होला । उज्ज्वल थापाले आफुलाई मानिसले राम्रै सोच्दा रहेछन् भन्ने जीवित रहंदा थाहा पाएनन्  । साझा विवेकशील नेता पाण्डे  दाजूको के हुने हो थाहा छैन । खगेन्द्र संगौला दाजूलाई के भन्ने हुन् थाहा छैन । रबिन बाबु उर्फ रबिन्द्र मिश्र बारे के राय आउने हो थाहा छैन ?  बरु मैले bcompany दाजूको खुला प्रसंसा गर्दै आएको छु twitter मा ।  

बिष्णु सापकोटा दाजूले अनिरुद्र थापा दाजूलाई चिन्नु हुन्छ कि हुन्न थाहा छैन । चिन्नु हुन्छ भन्ने उहाँबारे उतारिएको   बिश्लेषण स्वादिलो हुन्थ्यो  होला। बिष्णु दाजूले पत्रकारले टेलिफोन गरेर उचाले भन्दैमा  अखबारी लेखन मात्र लेख्ने होइन कि निबन्ध विधामा हात चलाउन पर्यो । सुधिर शर्मालाई म यहीबाट माओवादी शैलीमा राजनीतिक  चुनौती दिंदै भन्न चाहन्छु कि तपाईले अब दुर्गा घर्ती दाजूलाई पनि लेख लेख्न आग्रह गर्न पर्यो । अभि सुवेदी र बिष्णु दाजूलाई एक बर्ष बिश्राम दिन पर्ने समय भयो ।  काव्यिक एकहोरोपनले काव्यिक थकान ल्याउँछ भनेर रोमन याकोब्सनले भनेको होइन त बिष्णु दाजू ?   






   

Comments

Popular posts from this blog

केपी ओली

Reading Harari's sapiens with method of adaptation

सन्जम रेग्मी उवाच ।