पाकिस्तानको ब्याटिंग र बलिङ्गको अन्तरिम विश्लेषण ।
मलाई टेस पर्ने टिम भएकोले आज पाकिस्तानको ब्याटिंग र बलिङ्ग बारे दुई राउण्ड सोच्न मन लाग्यो । खुसीको कुरा के छ भने टिम बलियो देखिंदै छ ।
टिमको ब्याटिंग टेसिलो पार्ने नेत्रित्व बाबर आज़मले गरेका छन् । मोहम्मद रिजवानले रनको वर्षा गर्न थाले देखि मेरो खुसीको मात्रा बढेको छ । सर्फराज़ अहमदको राम्रो प्रयोग हुन सकेको छैन । सर्फराज़को प्रयोग ४ वा ५ मा राम्रो हुनसक्छ । हफिजको आवश्यकता औधी छ ।
मलिकको फास्ट बलिङ्गमा फितलो ब्याटिंगको कारण उनलाई राखेर ग्याम बिगार्न हुन्न । मालिकको सट्टा खुस्दिल शाह र हैदर अलिलाई मौका दिनपर्छ । असिफ अलि slogger भएकोले उनलाई सुधार केन्द्र पठाउन पर्छ । फखर ज़मानले अफ्रीकासंग २०० रन बनाएर आफू खेलकुद कवि बिनोद पाण्डेको शब्दमा " प्राबिधिक रुपमा निपुण " भन्ने पुस्टि गरेको दिन म खुसीले नाच्न मात्र बाँकी थियो । मानिस खुसी भयो भने हांस्छ रे, धेरै खुसी भयो भने हाँसेर नपुगेर नाच्छ रे। सर्जील खान फर्कन्छन् जस्तो लाग्दैछ । फर्किए भने म नाच्छु नै । फकर जमान पछि "ड्याम ड्याम " चुटेर खेल्ने ब्याटर चाहिएको छ पाकिस्तानलाई ।
हसन अलि, सदाब खान, इमाद वासिम, मोहमद नवाजजस्ता बलरले पनि राम्रो ब्याटिंग गर्ने हुँदा पाकिस्तानको ब्याटिंगले जुन लम्बाई पाएको छ त्यो ठुलो सबल पक्ष हो पाकिस्तान ब्याटिंग को । इमाम उल हकले ५० ओवरको खेलमा योग्य प्रस्तुति दिंदै आएका छन्, यो एउटा सन्तोषको बिषय छ ।
बलिङ्गमा फास्ट बलिङ्ग अलि कमजोर देखिए पनि स्पिन राम्रो हुँदै गएकोले बलिङ्गमा धार छ । उस्मान कादिर , सदाब खान , नौमन अलि, इमाद वासिम, मोहम्मद नवाज जस्ता स्पिन्नरको स्पिन बलियो छ । उस्मान कादिरमा पाकिस्तानले लगानी गर्नपर्छ । तिब्र गतिका बलर शाहिन साह अफ्रिदीले बलिङ्गको नेत्रित्व गरेका छन् । उनको बलिङ्गमा स्विंग हुने हुनाले उनी खारिंदै गएका छन् । १४० भन्दा माथि गतिमा बलिङ्ग गर्न सक्ने ३/४ बलर देखापरेका छन् । तर खासै स्विंग गर्न नसकेकोले उनीहरुले विकेट लिएर एउटा खुसी लहर सिर्जना गर्न सकेका छैनन् । नसीम शाहको बलिङ्ग मलाई टेस पर्दै छ। उनको बल राम्रो ठाउंमा खसाल्ने सिप छ तर स्विंग अलि छैन । स्विंग सिक्न सके भने धारिला हुन्छन् यी बलर, जुन सबभन्दा गार्हो बिषय हो ।
मङ्सिर महिनामा बिहान नौ बजे रातो बलले बलिङ्ग गरेर महबुब आलम र बिनोद दासको स्विंग राम्रो छ भने जस्तो बिनोद पाण्डे मार्काको स्विंग भने होइन मैले । गर्मी ठाउँमा, हातमा सिप ल्याएर सेतो बलले पनि अनि ब्याटरलाई मद्दत गर्ने पिचमा स्विंग गराउन सक्ने भनेको । मोहमद आसिफले गर्नेको स्विंगको ५० प्रतिसत गर्न सक्ने त्यो महान उपलब्धि हुन्छ । निउजील्याण्डको बोल्टको पनि स्विंग राम्रो छ । भारतको मलाई मन पर्ने मोहम्मद सामीको पनि ।
पाकिस्तानले एउटा राम्रो कमिटि बनाएर पाकिस्तान भरिबाट राम्रो स्विंग गर्न सक्ने बलरको समूह तयार गर्नपर्छ अनि उनिहारुलाई राम्रो तालिम दिनपर्छ "स्विंगको दृस्टीबाट " । यो काममा मोहमद आसिफ र वासिम अक्रमको प्रयोग हुनपर्छ ।
फखर ज़मान, सर्जिल खान, बाबर आजम, रिजवान, सर्फराज़, हफिज, इमाम उल हक लगायत ब्याटर र हसन अलि , इमाद वासिम , सद्दाब खानको ब्याटिंगले पाकिस्तानको ब्याटिंग बलियो र लामो भएको छ । र बलिङ्गमा स्पिन र फास्ट र allrounder मा हसन अलि , सदाब खान जस्ता धारिला बलर भएकाले बलिङ्ग पनि बलियो र लामो छ । हफिजले बलिङ्ग खास नगर्दा पनि । यो टिम झन् बलियो हुँदै गएको छ, अझ बलियो हुनसक्छ । champions trophy को टिम भन्दा अहिलेको टिम बलियो देखिन्छ । आझ धार विकसित गर्न पर्छ, अनि आउँछ मज्जा ।
Comments
Post a Comment