Posts

केपी ओली

 केपी ओलीले नेपाली इतिहासमा ठुलो अवसर पाउनु भएको थियो । अवसरसँग सीप नमिलेर उहाँ सफल होइन असफल, गफास्टर र कुण्ठित हुँदै जानुभयो । पहिलो गल्ति आफ्ना मन्त्री छान्न गर्नुभयो । दोश्रो उहाँमा ठोस काम गर्ने भन्दा ठुलो काम गरेर महान हुने हुटहुटिले घर गर्यो । ५ अरबको एउटा गतिलो पुस्तकालय  बनाउन भन्दा उहाँलाई धरहरा उठाएर हेर्न मनलाग्यो  अर्थात त्यो अरुले पनि हेरुन र "केपीले  बनाएको" भनुन् भन्ने लोकसेवा स्तरको लोभ जाग्यो ।    ओली  भेडाको भुत्ला होइन, भेडानै ल्याउँछु भन्ने शैलीमा अधि बढ्नु भयो । उहाँले भेडाको भुत्लाको उपयोग गरेर भ्रस्टचार सफा गर्न सुरु गर्न पर्थ्यो । सरकारी अस्पताल, सरकारी स्कुल, विमानस्थल लगायत संवेदनशिल स्थान सुधारको लागि उहाँले ग्याँसमा पाकेको खाना खाएको उर्जा खर्च गर्नपर्थ्यो ।  अब सिलिन्डर युगको अन्त गर्छु, चडदिम न त रेल, खोलामा पानीजहाज चलाउन कुन ठुलो ठुलो कुरो भयो र, गर्दीम न त भन्ने शैलीमा प्रस्तुत हुन थाल्नुभयो । नेपालमा १००० बिजुली बस चलाउँछु भन्नु पर्नेमा उहाँ गोकुल बास्कोटाका बिजुली तर्क सुनेर बस्नु भयो ।  केपी...

पाकिस्तानको ब्याटिंग र बलिङ्गको अन्तरिम विश्लेषण ।

 मलाई टेस पर्ने टिम भएकोले आज पाकिस्तानको ब्याटिंग र बलिङ्ग बारे दुई राउण्ड सोच्न मन लाग्यो । खुसीको कुरा के छ भने टिम बलियो देखिंदै छ ।  टिमको ब्याटिंग टेसिलो पार्ने नेत्रित्व बाबर आज़मले गरेका छन् । मोहम्मद रिजवानले  रनको वर्षा गर्न थाले देखि मेरो खुसीको मात्रा बढेको छ । सर्फराज़ अहमदको राम्रो प्रयोग हुन सकेको छैन । सर्फराज़को प्रयोग ४ वा ५ मा राम्रो हुनसक्छ ।  हफिजको आवश्यकता औधी छ ।  मलिकको फास्ट बलिङ्गमा फितलो ब्याटिंगको कारण उनलाई राखेर ग्याम बिगार्न हुन्न । मालिकको सट्टा खुस्दिल शाह र हैदर अलिलाई मौका दिनपर्छ । असिफ अलि slogger  भएकोले उनलाई सुधार केन्द्र पठाउन पर्छ । फखर ज़मानले अफ्रीकासंग २०० रन बनाएर आफू खेलकुद कवि बिनोद पाण्डेको शब्दमा " प्राबिधिक रुपमा निपुण " भन्ने पुस्टि गरेको दिन म खुसीले नाच्न मात्र बाँकी थियो । मानिस खुसी भयो भने हांस्छ रे, धेरै खुसी भयो भने हाँसेर नपुगेर नाच्छ रे। सर्जील खान  फर्कन्छन् जस्तो लाग्दैछ । फर्किए भने म नाच्छु नै । फकर जमान पछि "ड्याम ड्याम " चुटेर खेल्ने  ब्याटर चाहिएको छ  पाकिस्तानलाई...

बिष्णु सापकोटा र तारानाथ दाजू

 बिष्णु सापकोटा दाजूको  आकार मैले पहिलो चोटी देखेको donbosco college मा हो  । त्यो लप्सीको बुटोको ऐतिकासिक लपेटा र  विशाल काय दाजूको सम्झनामा बल्जाउन सकिन्छ होला / साहित्यकार  तारानाथ शर्मा दाजू पनि बरालिंदै उक्त कलेजमा आइपुग्नु हुन्थ्यो । बिष्णु सापकोटाले तारानाथ दाजूबारे लेखेमा एउटा राम्रो रसको उत्पादन हुने सम्भावना रहन्थ्यो ।  तारानाथ दाजूको अहिलेको मानसिक स्मृति सत्यमोहन जोसी दाजूको जस्तो सटिक अवस्थामा छैन तर उहाँको जिविन लम्बाईको नाप एउटा खुसीको बिषय  छ र साथसाथै अध्ययन पनि । आफू किन लामो बाँचे भन्ने प्रश्नको सबभन्दा उत्साहपूर्ण उत्तर  तारानाथ दाजूबाट नै  आउँछ वा आउंथ्यो  । दाजूले आफू बेलायतमा हुँदा तरुनीहरु आफूसंग  "ड्याम्म ड्याम" ठोकिन आएको उर्जाले अहिले सम्म आफ्नो जीवन तानेको भन्न बेर लगाउनु  हुन्न ।  तारानाथ दाजूले डिपी भण्डारी दाजूले जस्तो म, मा, मु, मू जस्तो शब्द प्रयोग नगर्ने हुनाले मलाई बढी टेस तारा दाजू पर्छ । डिपी दाजूसंग  मेरो  प्रत्यक्ष भेट भएन ।  twitter मा उपलब्ध द...

bcompany दाजु आऊ देश बचाऊ।

 bcompany दाजूको चित्रकारीको मूल विशेषता लिङ्गको आकार हो । दाजूले  निर्माण गरेको एक चित्र हेर्दा म अर्धमुधित हुन नपाउंदै पहिलो दृस्टीमा लिङ्ग देख्छु  । एक दिन दाजूले निर्माण गरेको चित्र आयो । देखें । हेरें । त्यो चित्रमा लिङ्ग देखाइएको थिएन ।  केहि समय पछि  दाजू twitter मा  स्वयम्भु भए पछि मैले दाजूमा प्रश्न तेर्सो पारें । प्रश्न ठुलो थिएन । छरितो थियो । " दाजू आज चित्रमा  लिङ्ग किन आरोपित नगरिदिनु भएको ," मेरो प्रश्नको बिऊ छुट्यो । दाजूको जवाफ आयो " दाजू आजकल lockdown ले गर्दा कन्डम बनाउने फेक्टरी बन्द छन् ,  त्यो  देखे बने फेरी प्रेरणा पाउलान भनेर हो। " दाजूको यो तर्कको  आधारमा  मलाई  दाजूको तिब्र समालोचक  चेतको नचिक पुगेको महसुस भयो । दाजूको समालोचक चेतको खास मुल्यांकन हुन सकेको छैन ।  प्रत्यक दिन सोमत भएका र सोमत नभएका डाक्टर राउण्डमा निस्के जस्तो म पनि bcompany दाजूको twitter खातामा पुगेर दाजूले दिएका जवाफ हेर्छु र मलाई हाँसोको फोहरा छुट्न सुरु हुन्छ। । दाजूले लोकतन्त्रको प्रतिप...

सन्जम रेग्मी उवाच ।

 सन्जम रेग्मीसँग   युवा खेलाडीले बोल्न धक मान्दैन यो उनको बलियो पक्ष हो । अरुले सन्जम रेग्मीको आसपासमा पनि बोल्न पाउँदैनन् यो उनको कमजोर पक्ष हो । सन्जम रेग्मीको बिषयमा कहाँबाट सुरु गर्ने भन्ने बिषय भन्दा बरु भेडाको भुत्ला भुत्लाएर बेच्न लैजान सजिलो हुन्छ ।  ब्याटिंगबाट सुरु गर्न पर्ला । एक दिन म सन्जम रेग्मीको आसपास किर्तिपुरमा कावा खाँदै थिएँ । सन्जमले ब्याटिंगको बिषयमा बोल्दै  थिए। आज आफ्नोबारे बोल्ने भएनन् भनेर मैले आफ्ना महान कानलाई तयारी अवस्थामा राखेको त सन्जमले उच्च सुर लगाए ।  " मैले त्यो इन्निंग खेलेको, त्यो  इन्निनिंगले नेपाली क्रिकेटलाई कहाँ पुर्यायो, बुझिस नि भाई ?  ?  "  मैले सोचेजस्तो नै भयो । जब  ब्याटिंगबारे कुरा गर्दा पनि सन्जम आफ्नो बारे कुरा गर्छन् बुझ्नुस सन्जमको दिमाग कुन पिण्ड जसरी घुम्छ । बिनोद पाण्डे पनि होला तर बिनोद भण्डारी स्वयं सन्जमको ज्योतिस सल्लाहले ग्रह सुधारेर नेपालका  धोनी बने । सन्जमलाई ११ नम्बरमा ब्याटिंग पठाउने कप्तानको कमसल विस्लेषण कलाले गर्दाले लामो समय कप्तान हुन पाएनन् । सन्ज...

सुरेन्द्र ji को अन्तर्वार्ता ।

 डाक्टर साब नमस्कार ।  नमस्कार बाबु   Q. डाक्टर साब देशमा vaccine किन ल्याउन नसकेको होला ?  vaccine कहाँ आउँछ त बाबु । उनिहरुले आफुले लाएपछि अब आउँछ त बाबु । अब मलाई प्रधानमन्त्री  बनाउनु न त बाबु । मलाई हराउँछन् चुनावमा  । यस्ता मान्छे जनता भएको देशमा अब के हुन्छ  । यस्तालाई प्रधानमन्त्री  बनाएपछि आउँछ त vaccine बाबु । अब खाउ खुदो ।      Q. डा साब मान्छे मर्ने भए त ?  अब कांग्रेस एमालेलाई चुनावमा भोट हालेपछि महामारीमा कसरी बाँच्छन् त बाबु । अब समाजवादले आएर दिन्छ vaccine ?  राजनीतक विचारधारा भएकालाई vote दियौ । अब खाऊ खुदो । अब मलाई इमरान खान बनाऊ भन्या vote हल्दैनान् ।      Q. डा साबले जनतालाई तर्क गरेर राजनीति सुधार गर्न आवस्यक पूट दिन पर्यो ?  अब मैले के दिने बाबु। यसले राजदूत नपाएर उफ्रेको भन्छन्। यस्ता छन् यहाँका मान्छे । पार्टीमा नलाग्ने मानिसलाई पानी पनि खान दिन्नन् । बाबु मलाई बिश्वबिद्यालयमा २५ वर्ष  एउटा तालिममा पठाएनन् ।  जता पनि उस्तै छ । हेर्नुस त अस्पतालको हालत । ...

Reading Harari's sapiens with method of adaptation

  Y N Harari’s tunes are operating everywhere these days. His work and name also reached me. His works are in   the domain of history, thus I was reluctant to get hold of his book out of caution that the book would have less ideas and argument and more details which would not have pragmatic value to me.   Instead of Harari I was reading Anders Ericson, Rober Bjork et.al . I loved how Harari’s   book opened. It was not telling a long story to explain an idea, nor was it ravaged by strings of technical details with each forthcoming sentence in the manner of syllabus driven text book.     With access to good website which supply pirated books for good I have reached to an   idea hovering that most books in the West and the US are written keeping in university syllabus in mind, most with intention to sell.   And those books are condemned to sell, like we cannot deny to buy clothes or food. We are condemned to buy clothes however low grad...