केपी ओली
केपी ओलीले नेपाली इतिहासमा ठुलो अवसर पाउनु भएको थियो । अवसरसँग सीप नमिलेर उहाँ सफल होइन असफल, गफास्टर र कुण्ठित हुँदै जानुभयो । पहिलो गल्ति आफ्ना मन्त्री छान्न गर्नुभयो । दोश्रो उहाँमा ठोस काम गर्ने भन्दा ठुलो काम गरेर महान हुने हुटहुटिले घर गर्यो । ५ अरबको एउटा गतिलो पुस्तकालय बनाउन भन्दा उहाँलाई धरहरा उठाएर हेर्न मनलाग्यो अर्थात त्यो अरुले पनि हेरुन र "केपीले बनाएको" भनुन् भन्ने लोकसेवा स्तरको लोभ जाग्यो । ओली भेडाको भुत्ला होइन, भेडानै ल्याउँछु भन्ने शैलीमा अधि बढ्नु भयो । उहाँले भेडाको भुत्लाको उपयोग गरेर भ्रस्टचार सफा गर्न सुरु गर्न पर्थ्यो । सरकारी अस्पताल, सरकारी स्कुल, विमानस्थल लगायत संवेदनशिल स्थान सुधारको लागि उहाँले ग्याँसमा पाकेको खाना खाएको उर्जा खर्च गर्नपर्थ्यो । अब सिलिन्डर युगको अन्त गर्छु, चडदिम न त रेल, खोलामा पानीजहाज चलाउन कुन ठुलो ठुलो कुरो भयो र, गर्दीम न त भन्ने शैलीमा प्रस्तुत हुन थाल्नुभयो । नेपालमा १००० बिजुली बस चलाउँछु भन्नु पर्नेमा उहाँ गोकुल बास्कोटाका बिजुली तर्क सुनेर बस्नु भयो । केपी...