Posts

इतिहास

 इतिहास रोचक हुन्छ । बाबुराम आचार्य दाजुलाई पनि घरमा बस्न पर्यो/ बाबुराम दाजु साकाहारी हो कि होइन ?  केटाकेटी होलान, खाजा खान पर्यो । त्यसैले राजा- महाराजको धेरै इतिहास लेख्न पर्यो । तानासाही व्यवस्थाको दबाब । ठुलो दबाब । त्यसैले दाजुले राजा महाराजाको इतिहास लेख्न पर्यो । मलाई इतिहासको लागि उपन्यास पढ्न मन पर्छ। उपन्यासले एउटा कालखण्डको इतिहास भन्नुहुन्छ । धेरै मानिसको इतिहास भन्ने सामर्थ्य उपन्यासमा हुन्छ ।  अहिले त इतिहास भनेको श्री प्रिथिवी नराइन शाहको इतिहास। महेन्द्र दाजुको। भिमसेन थापाको इतिहास भन्ने परेको छ ।  पशुपतिनाथ मन्दिर पनि एउटा शक्ति केन्द्र नै हो । पशुपति मन्दिरको साँढे दाजुले पनि  जंग बहादुरको छोरा जगत जंगको इतिहास बारे समय कोरेर बस्नु भएको रहेछ  । जगत जंगले ल्याएको साँढे त अलि सानो थियो  होला / राणाकालिन समयलाई बोध गर्न रुद्र राज पाण्डेको नाटक "हेरफर "  पनि गुड हो । पशुपति नाथ मन्दिरको ढलोटको पानस राजा सुरेन्द्रले चढाएका रहेछन्। मलाई राजा राजेन्द्रबारे जान्न मन छ । त्यी अकिञ्चन भएकोले उनको बारे कसैले  किताब ल्याएको...

सन्तोष पन्थ

 सन्तोष पन्थ बुटवलमा बस्नु हुन्छ । भारतको क्रिकेट टिमको समर्थन गर्नु हुन्छ । share किन्नु हुन्छ । बेच्न सक्नु हुन्न । ग्लोबल बैंकमा banker बन्नु हुन्छ । gym  जानु हुन्न । मैले जानुस भनेको थिएँ । कविता लेख्नु हुन्छ । "भुइँ र खाट" भन्ने उहाँको प्रख्यात कविता छ । युवतीहरुसंग छलफल गर्न रुचाउनु हुन्छ । उहाँले मेंशन गरेपछि reply को accounting  गर्नु हुन्छ ।  यहाँको एउटा माइजुलाई मैले नि चिनेको छु । मितिज्यु , भिनाजु । यो पथ भनेको सन्तोष पन्थपथ हो । सन्तोष पन्थले दुईवटा मोबाइल बोक्नु हुन्छ । एउटा छरीतो अर्को महँगो । सन्तोष पन्थ भएपछि एउटा iphone त  बोक्न पर्यो । काठमान्डू आउनु भएको बेला  सन्तोष पन्थ भक्तपुर भ्रमणमा निस्कनु भयो । मैले फोटा देखेर बुझें । बिहान लोकन्थलीमा भेट भएको थियो । भक्तपुर राम्रो र फराकिलो ठाउँ छ ।  सन्तोष पन्थ र उहाँको साथी भक्तपुर  cancer हस्पिटल अगाडीको ठुलो पोखरी नजिक हुनुहुन्छ । त्यो पोखरीले पन्थको आँखा तानेको छ । पानीको सौन्दर्यले तान्छ । भक्तपुरका लामा लामा पोखरी राम्रा छन् । पोखरीको छेउमा बसेर पन्थ ice -cream खाँदै हुनुहु...

काठमाडौँमा हिड्ने गतिलो ठाउँ छैन ।

काठमाडौँमा हिड्ने  गतिलो ठाउँ छैन । शरीर तन्काउन २ घण्टा हिंड्न मनमा प्राचिन भावना आए कता जाने ? सडकमा धुवाँ धुलो छ । गोदावरी सम्म के पुग्नु हिड्ने भनेर । पुगे पनि गोदावरी सरकारी  nursery सानो छ । त्यो जस्ताको तेस्तै छ । सधै उस्तै । त्यसको आकार बढाउन पर्ने भो, त्यो भएको छैन । बन मन्त्रालय अन्तर्गत विभिन्न कार्यालय मात्र छन् त्यहाँ । नयाँ घरमात्र ।  पशुपतिको हालत पनि उस्तै छ । नजिक airport छ । golf course भगाएर त्यहाँ पार्क बनाउँदा एरपोर्टमा कोहि पसेर बिमान अपहरण गर्देला । त्यो goal course मलाई मन परेको छैन ।      अहिले काठमाडौँको खोलाको किनारमा धेरै ठाउंमा बाटो बन्दै छ । त्यहाँ पनि कार र मोटर साइकल कुदेका छन् । यो बन्द हुन पर्छ । cycle lane  र घन्टौं हिड्ने मिल्ने गरि फूटपाथ बनाउन पर्ने हो । ध्वनि र धुवाँ  प्रदुषणबाट मुक्त गर्न । अनि jacaranda , cherry , maple , र camphor उर्फ मसलाको रुख पो रोप्न पर्ने हो । शिवपुरी म एक दुई चोटी मात्र पुगेकोले सम्पूर्ण जानकारी थिएन ।  काठमाडौँको आजको बिपीको समाजवादी र मदनको बहुदलिय जनवादी ...

हिजोको indoor क्रिकेट ग्याम।

क्रिकेट खेल्न जाने कि नजाने भनेर  हिजो  दोसाँधमा थिएँ । मान्छे नपुग्ने भएर अब अर्को हप्ता ग्याम हुन्न भनेर श्री सन्दिप ज्ञवालीले भने । अन्तिम दिन हो भने त ब्याटिंग गर्न पर्ला भनेर अन्तिम समयमा जाने निर्णय गरें। प्रदुषण व्यापक थियो। कति ठुलो संख्यामा जंगलमा आगो लाग्या होला।   पशुपति पुगें। सधै १२ बजे आसपासमा  रामायण बाचन सुरु गर्ने बाचक आज पनि एक्शनमा आउन तयारी गर्दै हुनुहुन्थ्यो । आज सुन्न समय थिएन । पहिले हल्ला सुनेको थिएँ । हनुमान लंका पुग्दा बिभिषणसंग भेट हुन्छ । बिभिषण राम  भक्त रहेछन्, उनको दरबारमा रामको भजन चल्ने  रहेछ ।   रावण शिव भक्त ।  बिभिसन र हनुमानको पहिलो चरणको वार्ता सफलता पुर्वक सम्पन्न हुन्छ । बिभिसनले "हेर्नुस हनुमान दाजु, मेरो अवस्था त दांतहरुबीचको जिब्रो " जस्तो छ भनेको  टेस परेको  थियो मलाई । आज रामायण सुन्न समय नभएकाले निस्कें। नविन्द्रराज जोशीको हिजो मृत्यु भएकोले मलाई पनि मृत्यु बोध हुँदै थियो । निर्वाचन  आयोग प्रयोग गरेर प्रचण्डलाई बाक्सामा हालेर, नविन्द्रदाजुको बाक्सासंग  ...

tu को quick pitch मा ग्याम हेर्न टेस पर्दै छ ।

 एक दिन uae मा warm up म्याच थियो ५० ओवरको । बेलुका के थाहा पाएँ twitter  मा भने श्री पारस खड्काले १०० हानेछन् ।  २५ को average पुर्याएका पारसले कसरी १०० हाने भन्ने थियो।  बेला बेला slog घुमाउने बानी पनि छ । tu को slow wicket ले बानी बिगारेको पनि होला । नयाँ राम्रो  कुरा  सिक्ने हुटहुटि किन हुन पर्यो slog गर्ने बानी हुँदा हुँदै टिममा पर्ने मात्र होइन कप्तान नै हुने भए भएपछि। ब्याटिंगमा अलि हातरपना हुन्छ उँहाको । सिंगल लिएर ध्यान योगमा अनुभव गर्न मन गर्नु हुन्न उहाँ । गावस्करले भनेका छन् कि उनलाई सिंगल लिएर non strike मा बस्न मन लाग्छ किन कि non striker end मा जति बस्यो out हुने सम्भावना  हुन्न । out नहुनु ब्याटिंगमा एउटा ध्यान योगमा प्रवेश गर्नु हो ।  uae को slow wicket मा १०० हान्न धेरै बल खेल्न पर्छ । लगभग १०० माथि । पिचमा pace  नहुने हुँदा boundary कम लाग्छ ।   पारसले १०० हान्दा  यिनले कति boundary  हानेछन् भन्नेमा म उत्सुक भएँ । boundary पनि धेरै थियो। youtube मा एउटा रुन्चे video देखें ।  देखें त्यो दिन पिचम...

उपन्यास पैताला

 अन्जन दाजुले दिएको उपन्यास पैताला पढ्दै पनि छु । गनेस पौडेलद्वारा लिखित यो उपन्यास पहिले देखि पढ्न मन थियो । गनेश पौडेल र कुमार नगरकोटीको दोस्ती बारे twitter को माध्यमबाट अवगत थिएँ । गनेश पौडेलको स्वभाव रोचक छन्।   उपन्यासको सुरु बैंकबाट ऋण लिंदाको समस्याबाट सुरु हुन्छ ।    कृषिको समस्या पनि छन् । ऋण लिएर कृषि गर्दाको समस्या । ब्यापारीले सस्तोमा किन्न खोज्ने नत्र भारतबाट बिषादीको उन्माद भरिएका सस्ता तरकारी ल्याएर बेच्ने । कृषिमा खर्च धेरै हुने आम्दानी कम हुने समस्या । कृषि क्षेत्र ब्यापारी र नेतामा गएको अर्थात् किसानको हातमा नभएर यो समस्या आएको भनेर विश्लेषण गर्न सकिन्छ ।   पात्रको जग्गा लिलामीमा पर्ने स्थिति छ । जग्गा पोखराको । गनेश पौडेलको घर पनि पोखरा हो । गनेशको पुखौली घर पोखरा हो । अन्जन भण्डारीको पाल्पा । पाल्पाको जग्गाको भाउ त्यति गतिलो  छैन । पोखराको मालामाल ।  उपन्यासले उठाएको अर्को बिषय जोगीको हो ।  एउटा युवक १७ बर्षको उमेरमा जोगी हुन लागेको छ । यो उमेर अलि कम छ । उमेर २० सम्म पारेको भए हुन्थ्यो होला । अझ २२ गुड हुन्थ्यो ...

तौल घटाउने बारे

 तौल घटाउन सजिलो बिषय होइन । आज तपाईको ७५ केजी जुन पुगेको छ त्यसमा कम्तिमा पनि पांच बर्षको भुटन परेको छ । त्यसले ७५ बाट ६५ पुग्न पांच बर्ष लाग्छ । यो रस लाग्दो कुरा होइन । मैले आमिर खानको एउटा अन्तर्वार्ता सुनेपछि मलाई तत्व खुलेको थियो । दंगल फिलिमको लागि तिनले बिष्फोटक मात्रामा तौल बढाएका थिए । अनि घटाउन लागे ।   जसरी बिद्यार्थी झोला बोकेर आठ घण्टा स्कुल जान्छन् , तौल घटाउन पनि आठ घण्टा स्कुल जानपर्छ भन्ने सिद्धान्त निकाले । मलाई टेस पर्यो । अब आठ घण्टा जिम गर्ने होइन ।  1 घण्टा कुद्ने । १ घण्टा पौडिनी । २ घण्टा जिम गर्ने । २ घण्टा हिंड्ने । १ घण्टा फूटबल खेल्ने । अनि २ घण्टा बिच्च बिच्चमा आराम गर्ने । अर्को दिन पुरै आराम गर्ने । एक दिन बिराएर यो आठ घण्टाको समय तौल घटाउन लाउने ।  हाम्रो शरीरमा उर्जाको श्रोत दुईवोटा छ भन्ने छ । एउटा glucose  अर्को ketone । ketone  बाट चल्न राम्रो हो तर त्यो अलि गार्हो काम हो । यो अर्को बिषय छ । ketone को उर्जा fat र protein  बाट आउने हो । glucose को सुगर बाट ।  आमिर खानले दंगल पछि तेत्रो तौल कसरि घटाए यो...