Posts

केपी ओली

 केपी ओलीले नेपाली इतिहासमा ठुलो अवसर पाउनु भएको थियो । अवसरसँग सीप नमिलेर उहाँ सफल होइन असफल, गफास्टर र कुण्ठित हुँदै जानुभयो । पहिलो गल्ति आफ्ना मन्त्री छान्न गर्नुभयो । दोश्रो उहाँमा ठोस काम गर्ने भन्दा ठुलो काम गरेर महान हुने हुटहुटिले घर गर्यो । ५ अरबको एउटा गतिलो पुस्तकालय  बनाउन भन्दा उहाँलाई धरहरा उठाएर हेर्न मनलाग्यो  अर्थात त्यो अरुले पनि हेरुन र "केपीले  बनाएको" भनुन् भन्ने लोकसेवा स्तरको लोभ जाग्यो ।    ओली  भेडाको भुत्ला होइन, भेडानै ल्याउँछु भन्ने शैलीमा अधि बढ्नु भयो । उहाँले भेडाको भुत्लाको उपयोग गरेर भ्रस्टचार सफा गर्न सुरु गर्न पर्थ्यो । सरकारी अस्पताल, सरकारी स्कुल, विमानस्थल लगायत संवेदनशिल स्थान सुधारको लागि उहाँले ग्याँसमा पाकेको खाना खाएको उर्जा खर्च गर्नपर्थ्यो ।  अब सिलिन्डर युगको अन्त गर्छु, चडदिम न त रेल, खोलामा पानीजहाज चलाउन कुन ठुलो ठुलो कुरो भयो र, गर्दीम न त भन्ने शैलीमा प्रस्तुत हुन थाल्नुभयो । नेपालमा १००० बिजुली बस चलाउँछु भन्नु पर्नेमा उहाँ गोकुल बास्कोटाका बिजुली तर्क सुनेर बस्नु भयो ।  केपी...

पाकिस्तानको ब्याटिंग र बलिङ्गको अन्तरिम विश्लेषण ।

 मलाई टेस पर्ने टिम भएकोले आज पाकिस्तानको ब्याटिंग र बलिङ्ग बारे दुई राउण्ड सोच्न मन लाग्यो । खुसीको कुरा के छ भने टिम बलियो देखिंदै छ ।  टिमको ब्याटिंग टेसिलो पार्ने नेत्रित्व बाबर आज़मले गरेका छन् । मोहम्मद रिजवानले  रनको वर्षा गर्न थाले देखि मेरो खुसीको मात्रा बढेको छ । सर्फराज़ अहमदको राम्रो प्रयोग हुन सकेको छैन । सर्फराज़को प्रयोग ४ वा ५ मा राम्रो हुनसक्छ ।  हफिजको आवश्यकता औधी छ ।  मलिकको फास्ट बलिङ्गमा फितलो ब्याटिंगको कारण उनलाई राखेर ग्याम बिगार्न हुन्न । मालिकको सट्टा खुस्दिल शाह र हैदर अलिलाई मौका दिनपर्छ । असिफ अलि slogger  भएकोले उनलाई सुधार केन्द्र पठाउन पर्छ । फखर ज़मानले अफ्रीकासंग २०० रन बनाएर आफू खेलकुद कवि बिनोद पाण्डेको शब्दमा " प्राबिधिक रुपमा निपुण " भन्ने पुस्टि गरेको दिन म खुसीले नाच्न मात्र बाँकी थियो । मानिस खुसी भयो भने हांस्छ रे, धेरै खुसी भयो भने हाँसेर नपुगेर नाच्छ रे। सर्जील खान  फर्कन्छन् जस्तो लाग्दैछ । फर्किए भने म नाच्छु नै । फकर जमान पछि "ड्याम ड्याम " चुटेर खेल्ने  ब्याटर चाहिएको छ  पाकिस्तानलाई...

बिष्णु सापकोटा र तारानाथ दाजू

 बिष्णु सापकोटा दाजूको  आकार मैले पहिलो चोटी देखेको donbosco college मा हो  । त्यो लप्सीको बुटोको ऐतिकासिक लपेटा र  विशाल काय दाजूको सम्झनामा बल्जाउन सकिन्छ होला / साहित्यकार  तारानाथ शर्मा दाजू पनि बरालिंदै उक्त कलेजमा आइपुग्नु हुन्थ्यो । बिष्णु सापकोटाले तारानाथ दाजूबारे लेखेमा एउटा राम्रो रसको उत्पादन हुने सम्भावना रहन्थ्यो ।  तारानाथ दाजूको अहिलेको मानसिक स्मृति सत्यमोहन जोसी दाजूको जस्तो सटिक अवस्थामा छैन तर उहाँको जिविन लम्बाईको नाप एउटा खुसीको बिषय  छ र साथसाथै अध्ययन पनि । आफू किन लामो बाँचे भन्ने प्रश्नको सबभन्दा उत्साहपूर्ण उत्तर  तारानाथ दाजूबाट नै  आउँछ वा आउंथ्यो  । दाजूले आफू बेलायतमा हुँदा तरुनीहरु आफूसंग  "ड्याम्म ड्याम" ठोकिन आएको उर्जाले अहिले सम्म आफ्नो जीवन तानेको भन्न बेर लगाउनु  हुन्न ।  तारानाथ दाजूले डिपी भण्डारी दाजूले जस्तो म, मा, मु, मू जस्तो शब्द प्रयोग नगर्ने हुनाले मलाई बढी टेस तारा दाजू पर्छ । डिपी दाजूसंग  मेरो  प्रत्यक्ष भेट भएन ।  twitter मा उपलब्ध द...

bcompany दाजु आऊ देश बचाऊ।

 bcompany दाजूको चित्रकारीको मूल विशेषता लिङ्गको आकार हो । दाजूले  निर्माण गरेको एक चित्र हेर्दा म अर्धमुधित हुन नपाउंदै पहिलो दृस्टीमा लिङ्ग देख्छु  । एक दिन दाजूले निर्माण गरेको चित्र आयो । देखें । हेरें । त्यो चित्रमा लिङ्ग देखाइएको थिएन ।  केहि समय पछि  दाजू twitter मा  स्वयम्भु भए पछि मैले दाजूमा प्रश्न तेर्सो पारें । प्रश्न ठुलो थिएन । छरितो थियो । " दाजू आज चित्रमा  लिङ्ग किन आरोपित नगरिदिनु भएको ," मेरो प्रश्नको बिऊ छुट्यो । दाजूको जवाफ आयो " दाजू आजकल lockdown ले गर्दा कन्डम बनाउने फेक्टरी बन्द छन् ,  त्यो  देखे बने फेरी प्रेरणा पाउलान भनेर हो। " दाजूको यो तर्कको  आधारमा  मलाई  दाजूको तिब्र समालोचक  चेतको नचिक पुगेको महसुस भयो । दाजूको समालोचक चेतको खास मुल्यांकन हुन सकेको छैन ।  प्रत्यक दिन सोमत भएका र सोमत नभएका डाक्टर राउण्डमा निस्के जस्तो म पनि bcompany दाजूको twitter खातामा पुगेर दाजूले दिएका जवाफ हेर्छु र मलाई हाँसोको फोहरा छुट्न सुरु हुन्छ। । दाजूले लोकतन्त्रको प्रतिप...

सन्जम रेग्मी उवाच ।

 सन्जम रेग्मीसँग   युवा खेलाडीले बोल्न धक मान्दैन यो उनको बलियो पक्ष हो । अरुले सन्जम रेग्मीको आसपासमा पनि बोल्न पाउँदैनन् यो उनको कमजोर पक्ष हो । सन्जम रेग्मीको बिषयमा कहाँबाट सुरु गर्ने भन्ने बिषय भन्दा बरु भेडाको भुत्ला भुत्लाएर बेच्न लैजान सजिलो हुन्छ ।  ब्याटिंगबाट सुरु गर्न पर्ला । एक दिन म सन्जम रेग्मीको आसपास किर्तिपुरमा कावा खाँदै थिएँ । सन्जमले ब्याटिंगको बिषयमा बोल्दै  थिए। आज आफ्नोबारे बोल्ने भएनन् भनेर मैले आफ्ना महान कानलाई तयारी अवस्थामा राखेको त सन्जमले उच्च सुर लगाए ।  " मैले त्यो इन्निंग खेलेको, त्यो  इन्निनिंगले नेपाली क्रिकेटलाई कहाँ पुर्यायो, बुझिस नि भाई ?  ?  "  मैले सोचेजस्तो नै भयो । जब  ब्याटिंगबारे कुरा गर्दा पनि सन्जम आफ्नो बारे कुरा गर्छन् बुझ्नुस सन्जमको दिमाग कुन पिण्ड जसरी घुम्छ । बिनोद पाण्डे पनि होला तर बिनोद भण्डारी स्वयं सन्जमको ज्योतिस सल्लाहले ग्रह सुधारेर नेपालका  धोनी बने । सन्जमलाई ११ नम्बरमा ब्याटिंग पठाउने कप्तानको कमसल विस्लेषण कलाले गर्दाले लामो समय कप्तान हुन पाएनन् । सन्ज...

सुरेन्द्र ji को अन्तर्वार्ता ।

 डाक्टर साब नमस्कार ।  नमस्कार बाबु   Q. डाक्टर साब देशमा vaccine किन ल्याउन नसकेको होला ?  vaccine कहाँ आउँछ त बाबु । उनिहरुले आफुले लाएपछि अब आउँछ त बाबु । अब मलाई प्रधानमन्त्री  बनाउनु न त बाबु । मलाई हराउँछन् चुनावमा  । यस्ता मान्छे जनता भएको देशमा अब के हुन्छ  । यस्तालाई प्रधानमन्त्री  बनाएपछि आउँछ त vaccine बाबु । अब खाउ खुदो ।      Q. डा साब मान्छे मर्ने भए त ?  अब कांग्रेस एमालेलाई चुनावमा भोट हालेपछि महामारीमा कसरी बाँच्छन् त बाबु । अब समाजवादले आएर दिन्छ vaccine ?  राजनीतक विचारधारा भएकालाई vote दियौ । अब खाऊ खुदो । अब मलाई इमरान खान बनाऊ भन्या vote हल्दैनान् ।      Q. डा साबले जनतालाई तर्क गरेर राजनीति सुधार गर्न आवस्यक पूट दिन पर्यो ?  अब मैले के दिने बाबु। यसले राजदूत नपाएर उफ्रेको भन्छन्। यस्ता छन् यहाँका मान्छे । पार्टीमा नलाग्ने मानिसलाई पानी पनि खान दिन्नन् । बाबु मलाई बिश्वबिद्यालयमा २५ वर्ष  एउटा तालिममा पठाएनन् ।  जता पनि उस्तै छ । हेर्नुस त अस्पतालको हालत । ...

Reading Harari's sapiens with method of adaptation

  Y N Harari’s tunes are operating everywhere these days. His work and name also reached me. His works are in   the domain of history, thus I was reluctant to get hold of his book out of caution that the book would have less ideas and argument and more details which would not have pragmatic value to me.   Instead of Harari I was reading Anders Ericson, Rober Bjork et.al . I loved how Harari’s   book opened. It was not telling a long story to explain an idea, nor was it ravaged by strings of technical details with each forthcoming sentence in the manner of syllabus driven text book.     With access to good website which supply pirated books for good I have reached to an   idea hovering that most books in the West and the US are written keeping in university syllabus in mind, most with intention to sell.   And those books are condemned to sell, like we cannot deny to buy clothes or food. We are condemned to buy clothes however low grad...

Musing on human mind and kant

  Adaptation from book by Paul Guyer. Paul Guyer has released from his creative and critical faculties series of books on Kant, because of this he can be called a Kant Scholar. Upon countering Kant one comes in line with his vocabulary as telelogical power, aesthetic power, reason, morality, freedom, and a   most profuse "critique" among many others. What is Kant up to when he is critiquing? Critique of pure reason. Critique of practical reason. Critique of power of judgement. What are the items of arguments he wants to present. I think I should indulge in intertextulity and buoy myself to read Sophie’s world to get in touch with how Jostein Gaarder deals Kant rhetorically and pedagogically. Intertextuality is a buzz word in the realm of theory. Does intertextuality mean the way I tried to use here? As keats would say,  My business is to question and try to read and think and most importantly revise and retrive. Retrive means trying to answer from memory only. ...

माटो, पानी, कृषि

 मिलन र दिपक आज यो बिषयमा छलफल गर्छन् । बिहान देखि दिन मुलायम छ । महिना मंसिर, घाम चलेको छ बिहान देखि । न्यानोको प्रादुर्भाव छ।   किर्तिपुरको फाँटमा घाम खसेको छ । दिन सोमबार । दिउसो मानिस चलायमान  हुन्छन्।  बिहान एकान्तको मोहनीमा छ ।  विश्वबिद्यालय परिसर।  अग्ला रुख घाम तापेर अडिक छन् । रातको चिसो जांच आज पनि पास गरे । धेरैको उमेर त ५० पनि कट्यो होला । ५० काटेपछि रमाउँदै होलान ।   समय १० बजेको छ । मिलन र दिपक एउटा माटोको टुक्रा, घाँस सहितको माथि आफ्नो पश्चिम अंग स्थापित गरेर आनन्दको घाम ताप्दै कुरोको कुलो खुल्ने ध्याउन्नमा छन्।  "ल आज माटो, पानी र कृषिबारे छलफल गरम " दिपकको दिब्य वाणी खुल्छ ।  पूर्वीय प्रभातको चम्किलो जस्तो मुस्कान मिलनको प्रसारण हुन्छ । "म रतन लालको पुस्तक पढ्दै छु , " दिपकको अनुसन्धान उर्जा बोल्यो ।  दुवैले यो बिषयमा छलफल गर्नको लागि एक महिना देखि तयारी गर्दै थिए ।  " मैले  पनि टुक्राटाक्री हेरें , " मिलन दिपक तर्फ़ हेर्दै खुले ।  जामिनमा  चिसोका  शित कण टलपल थिए। ए...

idea driven Online batting course

 1. First thing as a batter you should have list of your own concrete weakness. Weakness means what you are lacking in your batting. Eg. Too many early dismissal in the form of catch out.  2.Advanced level batting is always difficult. The more the quality of bowling the more a batter gets exposed and his penchant for getting our early is displayed,  more so in wicket which are assistance for bowlers. This is when  passionately honed skills you developed via identification of your weakness comes to your support.  3.  At the associate level, most bowlers bowl under 130 km/hr. Thus you should not play  these bowlers normally and conventionally. You should always have idea of improvement and advancement in mind, and start playing the bowler from 20 yard to begin with, then keep on reducing the distance, playing from 18 yard and less. This keeps on making the bouncer lethal which rouses the bowler interest and allows batter to tighten the batting against bo...

पुष्प र केपी

 प्रभातको पाँच बजे केपी कोठामा सुत्नु भएको छ, झ्याल बाहिर मोहिनी सुर्य उदाएको छ , गर्मी महिना चलायमान छ । केपी उठ्ने समय छ बजे आसपास हो । उहाँका धनुष आकारका सल्लाहकार आठ बजे कुदाकुदा गर्न थाल्छन् । झ्याल बाहिर धरहरा टड्कारो देखिएको छ । केपी उठेर आफ्नो वीणा रुपी मोबाइल  समातेर " जंगलीलाई बिहानको राग सुनाउनु पर्यो " भन्दै फोन थिच्दै हुनुहुन्छ ।  " कमरेड प्रातकालिन अभिवादन " ।  पुष्प एउटा  स्खलित  मुस्कान छोड्दै " कमरेड तपाईसंग त सक्किन्न, आज बिहानै सम्झनु भएछ।  "  भन्छन्। "  आउनुस आज १० बजे पछि  कागती, चिनी पानी तयारी अवस्थामा राख्छु , " केपीको आफ्नै शैलीको भनाई छुट्छ ।  पुष्प ११ बजे केपीको निवासमा उपस्थिति हुनुहुन्छ । दुवैको गफ चल्दै छ । " कमरेड मलाई त सबैले घेरे , तपाईले सहयोग गर्न पर्यो ,"  केपी पुष्पलाई गुनासो गर्दै छन् । " अब तपाईलाई कसले सक्ने घेर्ने, " पुष्पको मसिनो बोलि फुट्छ ।  "आफनै बारीका बाँदरले ढुंगा हाने कमरेड । सक्ने भए  " केपी गुनासो  मिसिएको आवाजमा पुष्पतर्फ नजर मिलाउँछन् ।...

कुमार नगरकोटी र गनेस पौडेल

मैले गनेस पौडेललाई चिनेको धेरै भएको छैन । youtube मा कुमार नगरकोटीको video मा गनेश दाजूलाई देखें । दुवै जनाको बोल्ने र नबोल्ने  शैली खिच्यो ।  । पछि थाहा पाएँ गनेस दाजूले पनि उपन्यास लेख्नु  भएको रहेछ।    ज्ञानको श्रोत अक्षर र कागज भएको सयौं बर्ष भयो । कागज व्यापक  नहुँदा मानिस ज्ञान कण्ठ पार्थे।  त्यो बाध्यता भयो । अहिले ज्ञानका नयाँ आयाम खुलेका छन् । Video को पनि ज्ञानको माध्याम भएको छ । youtube को Video ले मलाई गनेस ज्ञान दियो । अरु पनि दिएको छ ।  twitter  र facebook ले फेरी  धेरैलाई लेखक बनाएको छ । अब लेखक हुन साझा प्रकाशन र अरु धनी प्रकाशनले मात्र छाप्न पर्दैन । यो ज्ञानको अर्को आयाम छ । लेखकको संख्या बढेर  ज्ञान प्रसारण हुने अवस्था आएको छ ।  कुमार नगरकोटी दाजू अहिले काठमाडौँमा भाडामा बस्नु हुन्छ ।  प्रकाशक fine print  कति धनी छ? विजय कुमारलाई १० लाख दिएर किताब लेख्न लाउन भन्दा कुमारलाई उक्त रकम दिएर पुस्तक लेख्न लाउन पर्ने होइन ? कुमार नगरकोटी आजको दिनमा एउटा स्थापित लेखक हुन् ।  भैरव अर्याल आफ्ना...

कला

साँझमा आकाश चित्रकारी गर्दै छ ।  म एउटालाई गाली गरेर बस्दै छु । 

अग्लो पानी टंकी

मेरो छतबाट बानेश्वरको पानी टंकी र धरहरा देखिन्छ।   केपी ओली अर्को पानी टंकी चढेको हेर्न मन छ ।  

योगेन्द्र दाजु र सुहागरात

 योगेन्द्र दाजूले बिहे गर्छन कि गर्दैन थाहा छैन । गरिहाले भने सुहागरातको सिद्धान्त अनुरुप गर्न पर्ने तयारी पनि गर्लान नै ।  त्यो रातमा गुलाफको फूल अलि कमसल परेर पात पनि खाटमा पर्यो भने त्यो घोचाईले माहोल बिगार्न सक्छ । दाजूले यो बिषयलाई गम्भीरता पुर्वक लिएकाहोलान् । राति बत्ति गयो हने टुकी बाल्ने कि mobile को light  । अनि mobile बेटरी सकियो भने ।  दुई mobile किन्ने ?  प्लेटो र socrates  र aristotle ले यो बिषय कसरी निरुपण गरे थाहा छैन ।  योगी दाजूको कपाल बाक्लो छ । किन कपाल पाल्दैनन् थाहा  छैन । कपाल लामो पल्दा राम्रो हुन्छ .नि ।   योगी श्रीमतीको कपाल बाक्लो होला कि पातलो । योगी श्रीमती र श्रीमान बिहान उठेर योग गर्दा जब  दुवैको कपाल खुल्छ दुई  मध्ये कसको बाक्लो भन्ने तय हुन्छ ।   योगी दाजूको सुहागरात सप्ताहमा जान्छ होला । तर बिहान योग पक्का हुन्छ । राती उर्वसी रागमा दाजूले गीत गाउँछन्, बिहान भुपालीको सा, रे , ग , प, ध , सा । म र नि हुन्न भुपालीमा ।  सनिबार महिला indoor cricket पनि हुन पर्यो भन्ने जबर्जस्त माग...

शंखर लामिछाने

 शंखर लामिछानेको पिताजीको  मृत्यु २००६ मा भएको थियो । शंखर लामिछानेको मृत्यु ३२  सालमा । राजा महेन्द्रको मृत्यु भएको पनि धेरै समय भएको थिएन । भूपी शेरचनको पनि भर्खर । भूपी शेरचनको मृत्युपछि शंकरले  स्मृति लेख लेख्नुभएको छ । भूपीले हामीलाई चांडो छोडेर गए र भूपी गलत समयमा जन्मिए भनेर ।  मृत्यु हुन भन्दा चार बर्ष जति  अगाडी शंकरले दोश्रो बिहे गर्नु भएको थियो । दोश्रो बिहेबाट दुई बच्चा र पहिलेबाट २ गरि चार सन्तान थिए शंकरका ।   शंकरको आम र बुवाको झगडा भएको थियो  । बच्चा पेटमा हुँदा आमा घर छोडेर भाडामा गएर बस्नु भयो । माइत जानुभएन, जुन नजिकै थियो । उक्त पेटमा भएको बच्चाको मृत्यु भयो । पछि फोक्शोको सरुवा  रोग (TB ) बाट  शंकरको आमाको पनि मृत्यु भयो । शंखर मामाघर गएर बसे । पछि मामाहरुबाट धोकाको महसुस गरे । आमाको दाइजोको जग्गा मामाले खाइदिएको स्थिती आयो । शंकरको जीवन आर्थिक संकटबाट गुज्रियो । शंकरका बुवा ब्रह्म शमशेरका सुब्बा थिए।   सुब्बा बाजेको छोरो भनेर शंकर पनि परिचित थिए । सम्पन्न बुवा र आमाका छोरा शंकरको ज...

केपी ओली, क्रिकेट खेलाडी र डल्ला ।

 केपी ओली एक किसिमका खेलाडी नै हुन् । उनले बोलीले डल्ला फाल्छन् । सन्दिप लामिछानेले बलले । अहिले सन्दिपको स्थिति  पनि  स्खलित  भयो।  quick   पिचमा बलिङ्ग गर्न गार्हो हुने ज्ञान उनले पाउँदै छन् । पोल्लार्डले PSL मा २९ को आसपास एक आपसमा हानेपछि उनलाई अलि अफ्टारो परेकै हो ।   ओलीको ताल पनि तबला ठटाउने झाँक्रीको जस्तो भयो । मानिसले गम्भीरता पूर्वक ग्रहण गर्न छोडेका छन्।  ओली प्रधानमन्त्री हुँदा जुन आशा थियो त्यसलाई उनको क्षमताले धान्न सकेन । उनि क्रमिक रुपमा फिलिमको कलाकारमा परिणत हुँदै गए ।  निर्वाचनको लागि पैसा पनि चाहिन्छ भन्ने गिरिजाबाबुको , प्रचण्डपथ जस्तो सजिलो बाटो समात्न थाले । अनि यिनी  भाई ब्यापारीसंग  हिमचिम गर्दै  समृद्धि रस पैदा गर्न थाल्यो ।  अनि सल्लाहकार र आशपासमा फिस्स हाँस्ने, रिसाहा र चटकी राग प्रादुर्भाव गर्ने मानिस थुपारेर राखे ।    ओलीको नैतिक पक्ष्य उनको नकचरो मुस्कान र हाँसोले उदाङ्ग पार्छ । शेरबहादुर र प्रचण्ड राम्रो भन्न खोजेको होइन । मादपमा एक किसिमको लोभी बौद्धिकतामात्र...

महाभारत ३

 अनुताप शब्द सम्झनु भएको छ ?  अनि प्रदोषकाल ?  महाभारतमा बिहान सत्रको युद्ध सुरु हुँदै छ । क्रिकेटको  टेस्ट म्याच जस्तै । बिहान दुई घण्टाको सत्र क्रिकेटमा टेसिलो हुन्छ । युधामंयु र उत्तमौजा अर्जुनको रथको पांग्रा सुरक्ष्या ( यो स्पिल्लिंग गल्ति छ, टाइप गर्न अलि आएन )  गर्दै छन् । दुईतर्फ़बाट ठुलो आवाजमा बाजा बज्न थाल्यो ।बाजागाजाको   चित्कार आकासमा पसेपछि कुदाकुद हुनथाल्यो  । शरीरमा oxygen सक्रिय भएको अवस्था । यिनीहरुलाई के थाहा covid र pneumonia । केहि समय पछि रगत बग्न थाल्यो । मानिस तरबार लिएर अर्को मानिस भित्र पस्न थाले । जनाबारलाई मानवसत्ताले यो युद्धमा घिसारेर ल्याएकोले हात्ती र घोडा पनि हताहत भए । हात्तीमा बसेर दुवै  आफ्नो शरीरलाई इलास्टिक लच्काए जस्तो लच्काउँदै धनुषको तारो  हान्दै गए ।  भीम र क्षमधुर्त दुवै भाले भएर हात्तीमा बसेका छन् । एक अर्कालाई देखेपछि दुवैमा खगेन्द्र संग्रौला र कनकमणिको आत्मा पस्छ । भीमलाई वाण लाग्छ ।  revision : रथमा  सवार कर्णको वस्त्र  कस्तो थियो ? सेतो ...

कृषि बहस

 दिनकर शब्द देवकोटाको कवितामा पनि पाइन्छ । अन्त पनि दिनकर हुनुहुन्छ । दिनकर सर । सरले space  संचालन गर्नु भयो । बिषय कृषिमा पनि सुन्दै थिएँ । केदार सरले होस्ट गर्दा प्राविधिक गडबडी भएको थियो । दिनकरकोमा राम्रो चल्यो । होस्टको समस्या नआएमा छलफल मुखर हुने रहेछ ।  चियाको बिषयमा मैले नजानेको केहि जानकारी भयो । चीनमा चिया व्यापक हुन्छ भन्ने थाहा थियो।  तर मुख्य   रुपमा १६०० m भन्दा मन्तिर मात्र हुने रहेछ । नेपालको चियाको शक्ति र वासना नेपालमा १६०० m  भन्दा माथि माथि सैलुंगेमा हुने चिया खेती हुने  रहेछ । चिनिया बिसेसग्य ( यो  टाईप गर्न जानिन रोमन to इंग्लिशमा )  पनि हर्षित हुन्छ अरे  नेपालको उच्चकोटीको चियाको वासनामा परेर ।    नेपालको चिया  व्यापारी भारतीयले सस्तोमा किनेर महँगोमा बेचेको पाइयो । बिनोद चौधरी सरको ध्यान आकर्षण गराउँ कि श्री नेपाल सरकारको ?  नयाँ पत्रिका, कान्तिपुर र टेलिभिजनको मुख्य समाचारमा दाईहरुको घुमाउरो लगानी भएर शेरबहादुर दाई, मादप दाई र ओली दाईको मात्र समाचार आउँछ । कृषि, पानी, अर्थतन्त्र , पर...

सिधाकुरा करिश्मा ढकालसंग version 2

करिश्मा ढकाल क्रिकेट हेर्नुहुन्छ । Steve smith को fan हुनुहुन्छ । twitter मा झुल्किनु हुन्छ । क्रिकेट लगायत अरु बिषयमा पनि लेख्नुहुन्छ ।    अहिले lock down ले गर्दा समय प्रयोग गर्न सजिलो समय होइन  /  IPL पनि छैन । यहि सन्दर्भमा म आफुलाई लागेको केहि  सोच साझा गर्न चाहान्छु । उहाँको पुस्तक पढ्ने बानी कति छ मलाई थाहा छैन । पुस्तक पढदा working memory  overload  हुने हुँदा मानिसलाई पुस्तक पढ्न जाँगर नलाग्ने गरेको छ।  फिलिम वा youtube हेर्दा working memory लाई सजिलो मह्सुस हुने हुँदा मानिस पुण्य गौतमको अन्तर्वार्ता सुनेर पनि बस्छन् । पुण्य गौतम भन्दा त पुस्तक ठिक हो नि । करिश्माजीलाई मेरो के सल्लाह छ भने  एक्कै चोटी धेरै पाता नपढ़नुस  ।  पांच पाता जति पढेर, आफुले के के पढियो त्यो कापीमा नहेरी लेख्ने कोशिस गर्नुस । त्यसो गर्दा कति बिर्सिंछ । बिर्सेको थाहा पाएपछि  दिमाग  लाई धक्का लाग्छ अनि  दिमाग  अलि  सक्रिय  हुन्छ र  त्यो बेला  फेरी  पढ्यो    भने सम्झिन स...