Posts

Showing posts from May, 2021

Reading Harari's sapiens with method of adaptation

  Y N Harari’s tunes are operating everywhere these days. His work and name also reached me. His works are in   the domain of history, thus I was reluctant to get hold of his book out of caution that the book would have less ideas and argument and more details which would not have pragmatic value to me.   Instead of Harari I was reading Anders Ericson, Rober Bjork et.al . I loved how Harari’s   book opened. It was not telling a long story to explain an idea, nor was it ravaged by strings of technical details with each forthcoming sentence in the manner of syllabus driven text book.     With access to good website which supply pirated books for good I have reached to an   idea hovering that most books in the West and the US are written keeping in university syllabus in mind, most with intention to sell.   And those books are condemned to sell, like we cannot deny to buy clothes or food. We are condemned to buy clothes however low grad...

Musing on human mind and kant

  Adaptation from book by Paul Guyer. Paul Guyer has released from his creative and critical faculties series of books on Kant, because of this he can be called a Kant Scholar. Upon countering Kant one comes in line with his vocabulary as telelogical power, aesthetic power, reason, morality, freedom, and a   most profuse "critique" among many others. What is Kant up to when he is critiquing? Critique of pure reason. Critique of practical reason. Critique of power of judgement. What are the items of arguments he wants to present. I think I should indulge in intertextulity and buoy myself to read Sophie’s world to get in touch with how Jostein Gaarder deals Kant rhetorically and pedagogically. Intertextuality is a buzz word in the realm of theory. Does intertextuality mean the way I tried to use here? As keats would say,  My business is to question and try to read and think and most importantly revise and retrive. Retrive means trying to answer from memory only. ...

माटो, पानी, कृषि

 मिलन र दिपक आज यो बिषयमा छलफल गर्छन् । बिहान देखि दिन मुलायम छ । महिना मंसिर, घाम चलेको छ बिहान देखि । न्यानोको प्रादुर्भाव छ।   किर्तिपुरको फाँटमा घाम खसेको छ । दिन सोमबार । दिउसो मानिस चलायमान  हुन्छन्।  बिहान एकान्तको मोहनीमा छ ।  विश्वबिद्यालय परिसर।  अग्ला रुख घाम तापेर अडिक छन् । रातको चिसो जांच आज पनि पास गरे । धेरैको उमेर त ५० पनि कट्यो होला । ५० काटेपछि रमाउँदै होलान ।   समय १० बजेको छ । मिलन र दिपक एउटा माटोको टुक्रा, घाँस सहितको माथि आफ्नो पश्चिम अंग स्थापित गरेर आनन्दको घाम ताप्दै कुरोको कुलो खुल्ने ध्याउन्नमा छन्।  "ल आज माटो, पानी र कृषिबारे छलफल गरम " दिपकको दिब्य वाणी खुल्छ ।  पूर्वीय प्रभातको चम्किलो जस्तो मुस्कान मिलनको प्रसारण हुन्छ । "म रतन लालको पुस्तक पढ्दै छु , " दिपकको अनुसन्धान उर्जा बोल्यो ।  दुवैले यो बिषयमा छलफल गर्नको लागि एक महिना देखि तयारी गर्दै थिए ।  " मैले  पनि टुक्राटाक्री हेरें , " मिलन दिपक तर्फ़ हेर्दै खुले ।  जामिनमा  चिसोका  शित कण टलपल थिए। ए...

idea driven Online batting course

 1. First thing as a batter you should have list of your own concrete weakness. Weakness means what you are lacking in your batting. Eg. Too many early dismissal in the form of catch out.  2.Advanced level batting is always difficult. The more the quality of bowling the more a batter gets exposed and his penchant for getting our early is displayed,  more so in wicket which are assistance for bowlers. This is when  passionately honed skills you developed via identification of your weakness comes to your support.  3.  At the associate level, most bowlers bowl under 130 km/hr. Thus you should not play  these bowlers normally and conventionally. You should always have idea of improvement and advancement in mind, and start playing the bowler from 20 yard to begin with, then keep on reducing the distance, playing from 18 yard and less. This keeps on making the bouncer lethal which rouses the bowler interest and allows batter to tighten the batting against bo...

पुष्प र केपी

 प्रभातको पाँच बजे केपी कोठामा सुत्नु भएको छ, झ्याल बाहिर मोहिनी सुर्य उदाएको छ , गर्मी महिना चलायमान छ । केपी उठ्ने समय छ बजे आसपास हो । उहाँका धनुष आकारका सल्लाहकार आठ बजे कुदाकुदा गर्न थाल्छन् । झ्याल बाहिर धरहरा टड्कारो देखिएको छ । केपी उठेर आफ्नो वीणा रुपी मोबाइल  समातेर " जंगलीलाई बिहानको राग सुनाउनु पर्यो " भन्दै फोन थिच्दै हुनुहुन्छ ।  " कमरेड प्रातकालिन अभिवादन " ।  पुष्प एउटा  स्खलित  मुस्कान छोड्दै " कमरेड तपाईसंग त सक्किन्न, आज बिहानै सम्झनु भएछ।  "  भन्छन्। "  आउनुस आज १० बजे पछि  कागती, चिनी पानी तयारी अवस्थामा राख्छु , " केपीको आफ्नै शैलीको भनाई छुट्छ ।  पुष्प ११ बजे केपीको निवासमा उपस्थिति हुनुहुन्छ । दुवैको गफ चल्दै छ । " कमरेड मलाई त सबैले घेरे , तपाईले सहयोग गर्न पर्यो ,"  केपी पुष्पलाई गुनासो गर्दै छन् । " अब तपाईलाई कसले सक्ने घेर्ने, " पुष्पको मसिनो बोलि फुट्छ ।  "आफनै बारीका बाँदरले ढुंगा हाने कमरेड । सक्ने भए  " केपी गुनासो  मिसिएको आवाजमा पुष्पतर्फ नजर मिलाउँछन् ।...

कुमार नगरकोटी र गनेस पौडेल

मैले गनेस पौडेललाई चिनेको धेरै भएको छैन । youtube मा कुमार नगरकोटीको video मा गनेश दाजूलाई देखें । दुवै जनाको बोल्ने र नबोल्ने  शैली खिच्यो ।  । पछि थाहा पाएँ गनेस दाजूले पनि उपन्यास लेख्नु  भएको रहेछ।    ज्ञानको श्रोत अक्षर र कागज भएको सयौं बर्ष भयो । कागज व्यापक  नहुँदा मानिस ज्ञान कण्ठ पार्थे।  त्यो बाध्यता भयो । अहिले ज्ञानका नयाँ आयाम खुलेका छन् । Video को पनि ज्ञानको माध्याम भएको छ । youtube को Video ले मलाई गनेस ज्ञान दियो । अरु पनि दिएको छ ।  twitter  र facebook ले फेरी  धेरैलाई लेखक बनाएको छ । अब लेखक हुन साझा प्रकाशन र अरु धनी प्रकाशनले मात्र छाप्न पर्दैन । यो ज्ञानको अर्को आयाम छ । लेखकको संख्या बढेर  ज्ञान प्रसारण हुने अवस्था आएको छ ।  कुमार नगरकोटी दाजू अहिले काठमाडौँमा भाडामा बस्नु हुन्छ ।  प्रकाशक fine print  कति धनी छ? विजय कुमारलाई १० लाख दिएर किताब लेख्न लाउन भन्दा कुमारलाई उक्त रकम दिएर पुस्तक लेख्न लाउन पर्ने होइन ? कुमार नगरकोटी आजको दिनमा एउटा स्थापित लेखक हुन् ।  भैरव अर्याल आफ्ना...

कला

साँझमा आकाश चित्रकारी गर्दै छ ।  म एउटालाई गाली गरेर बस्दै छु । 

अग्लो पानी टंकी

मेरो छतबाट बानेश्वरको पानी टंकी र धरहरा देखिन्छ।   केपी ओली अर्को पानी टंकी चढेको हेर्न मन छ ।  

योगेन्द्र दाजु र सुहागरात

 योगेन्द्र दाजूले बिहे गर्छन कि गर्दैन थाहा छैन । गरिहाले भने सुहागरातको सिद्धान्त अनुरुप गर्न पर्ने तयारी पनि गर्लान नै ।  त्यो रातमा गुलाफको फूल अलि कमसल परेर पात पनि खाटमा पर्यो भने त्यो घोचाईले माहोल बिगार्न सक्छ । दाजूले यो बिषयलाई गम्भीरता पुर्वक लिएकाहोलान् । राति बत्ति गयो हने टुकी बाल्ने कि mobile को light  । अनि mobile बेटरी सकियो भने ।  दुई mobile किन्ने ?  प्लेटो र socrates  र aristotle ले यो बिषय कसरी निरुपण गरे थाहा छैन ।  योगी दाजूको कपाल बाक्लो छ । किन कपाल पाल्दैनन् थाहा  छैन । कपाल लामो पल्दा राम्रो हुन्छ .नि ।   योगी श्रीमतीको कपाल बाक्लो होला कि पातलो । योगी श्रीमती र श्रीमान बिहान उठेर योग गर्दा जब  दुवैको कपाल खुल्छ दुई  मध्ये कसको बाक्लो भन्ने तय हुन्छ ।   योगी दाजूको सुहागरात सप्ताहमा जान्छ होला । तर बिहान योग पक्का हुन्छ । राती उर्वसी रागमा दाजूले गीत गाउँछन्, बिहान भुपालीको सा, रे , ग , प, ध , सा । म र नि हुन्न भुपालीमा ।  सनिबार महिला indoor cricket पनि हुन पर्यो भन्ने जबर्जस्त माग...

शंखर लामिछाने

 शंखर लामिछानेको पिताजीको  मृत्यु २००६ मा भएको थियो । शंखर लामिछानेको मृत्यु ३२  सालमा । राजा महेन्द्रको मृत्यु भएको पनि धेरै समय भएको थिएन । भूपी शेरचनको पनि भर्खर । भूपी शेरचनको मृत्युपछि शंकरले  स्मृति लेख लेख्नुभएको छ । भूपीले हामीलाई चांडो छोडेर गए र भूपी गलत समयमा जन्मिए भनेर ।  मृत्यु हुन भन्दा चार बर्ष जति  अगाडी शंकरले दोश्रो बिहे गर्नु भएको थियो । दोश्रो बिहेबाट दुई बच्चा र पहिलेबाट २ गरि चार सन्तान थिए शंकरका ।   शंकरको आम र बुवाको झगडा भएको थियो  । बच्चा पेटमा हुँदा आमा घर छोडेर भाडामा गएर बस्नु भयो । माइत जानुभएन, जुन नजिकै थियो । उक्त पेटमा भएको बच्चाको मृत्यु भयो । पछि फोक्शोको सरुवा  रोग (TB ) बाट  शंकरको आमाको पनि मृत्यु भयो । शंखर मामाघर गएर बसे । पछि मामाहरुबाट धोकाको महसुस गरे । आमाको दाइजोको जग्गा मामाले खाइदिएको स्थिती आयो । शंकरको जीवन आर्थिक संकटबाट गुज्रियो । शंकरका बुवा ब्रह्म शमशेरका सुब्बा थिए।   सुब्बा बाजेको छोरो भनेर शंकर पनि परिचित थिए । सम्पन्न बुवा र आमाका छोरा शंकरको ज...

केपी ओली, क्रिकेट खेलाडी र डल्ला ।

 केपी ओली एक किसिमका खेलाडी नै हुन् । उनले बोलीले डल्ला फाल्छन् । सन्दिप लामिछानेले बलले । अहिले सन्दिपको स्थिति  पनि  स्खलित  भयो।  quick   पिचमा बलिङ्ग गर्न गार्हो हुने ज्ञान उनले पाउँदै छन् । पोल्लार्डले PSL मा २९ को आसपास एक आपसमा हानेपछि उनलाई अलि अफ्टारो परेकै हो ।   ओलीको ताल पनि तबला ठटाउने झाँक्रीको जस्तो भयो । मानिसले गम्भीरता पूर्वक ग्रहण गर्न छोडेका छन्।  ओली प्रधानमन्त्री हुँदा जुन आशा थियो त्यसलाई उनको क्षमताले धान्न सकेन । उनि क्रमिक रुपमा फिलिमको कलाकारमा परिणत हुँदै गए ।  निर्वाचनको लागि पैसा पनि चाहिन्छ भन्ने गिरिजाबाबुको , प्रचण्डपथ जस्तो सजिलो बाटो समात्न थाले । अनि यिनी  भाई ब्यापारीसंग  हिमचिम गर्दै  समृद्धि रस पैदा गर्न थाल्यो ।  अनि सल्लाहकार र आशपासमा फिस्स हाँस्ने, रिसाहा र चटकी राग प्रादुर्भाव गर्ने मानिस थुपारेर राखे ।    ओलीको नैतिक पक्ष्य उनको नकचरो मुस्कान र हाँसोले उदाङ्ग पार्छ । शेरबहादुर र प्रचण्ड राम्रो भन्न खोजेको होइन । मादपमा एक किसिमको लोभी बौद्धिकतामात्र...

महाभारत ३

 अनुताप शब्द सम्झनु भएको छ ?  अनि प्रदोषकाल ?  महाभारतमा बिहान सत्रको युद्ध सुरु हुँदै छ । क्रिकेटको  टेस्ट म्याच जस्तै । बिहान दुई घण्टाको सत्र क्रिकेटमा टेसिलो हुन्छ । युधामंयु र उत्तमौजा अर्जुनको रथको पांग्रा सुरक्ष्या ( यो स्पिल्लिंग गल्ति छ, टाइप गर्न अलि आएन )  गर्दै छन् । दुईतर्फ़बाट ठुलो आवाजमा बाजा बज्न थाल्यो ।बाजागाजाको   चित्कार आकासमा पसेपछि कुदाकुद हुनथाल्यो  । शरीरमा oxygen सक्रिय भएको अवस्था । यिनीहरुलाई के थाहा covid र pneumonia । केहि समय पछि रगत बग्न थाल्यो । मानिस तरबार लिएर अर्को मानिस भित्र पस्न थाले । जनाबारलाई मानवसत्ताले यो युद्धमा घिसारेर ल्याएकोले हात्ती र घोडा पनि हताहत भए । हात्तीमा बसेर दुवै  आफ्नो शरीरलाई इलास्टिक लच्काए जस्तो लच्काउँदै धनुषको तारो  हान्दै गए ।  भीम र क्षमधुर्त दुवै भाले भएर हात्तीमा बसेका छन् । एक अर्कालाई देखेपछि दुवैमा खगेन्द्र संग्रौला र कनकमणिको आत्मा पस्छ । भीमलाई वाण लाग्छ ।  revision : रथमा  सवार कर्णको वस्त्र  कस्तो थियो ? सेतो ...

कृषि बहस

 दिनकर शब्द देवकोटाको कवितामा पनि पाइन्छ । अन्त पनि दिनकर हुनुहुन्छ । दिनकर सर । सरले space  संचालन गर्नु भयो । बिषय कृषिमा पनि सुन्दै थिएँ । केदार सरले होस्ट गर्दा प्राविधिक गडबडी भएको थियो । दिनकरकोमा राम्रो चल्यो । होस्टको समस्या नआएमा छलफल मुखर हुने रहेछ ।  चियाको बिषयमा मैले नजानेको केहि जानकारी भयो । चीनमा चिया व्यापक हुन्छ भन्ने थाहा थियो।  तर मुख्य   रुपमा १६०० m भन्दा मन्तिर मात्र हुने रहेछ । नेपालको चियाको शक्ति र वासना नेपालमा १६०० m  भन्दा माथि माथि सैलुंगेमा हुने चिया खेती हुने  रहेछ । चिनिया बिसेसग्य ( यो  टाईप गर्न जानिन रोमन to इंग्लिशमा )  पनि हर्षित हुन्छ अरे  नेपालको उच्चकोटीको चियाको वासनामा परेर ।    नेपालको चिया  व्यापारी भारतीयले सस्तोमा किनेर महँगोमा बेचेको पाइयो । बिनोद चौधरी सरको ध्यान आकर्षण गराउँ कि श्री नेपाल सरकारको ?  नयाँ पत्रिका, कान्तिपुर र टेलिभिजनको मुख्य समाचारमा दाईहरुको घुमाउरो लगानी भएर शेरबहादुर दाई, मादप दाई र ओली दाईको मात्र समाचार आउँछ । कृषि, पानी, अर्थतन्त्र , पर...

सिधाकुरा करिश्मा ढकालसंग version 2

करिश्मा ढकाल क्रिकेट हेर्नुहुन्छ । Steve smith को fan हुनुहुन्छ । twitter मा झुल्किनु हुन्छ । क्रिकेट लगायत अरु बिषयमा पनि लेख्नुहुन्छ ।    अहिले lock down ले गर्दा समय प्रयोग गर्न सजिलो समय होइन  /  IPL पनि छैन । यहि सन्दर्भमा म आफुलाई लागेको केहि  सोच साझा गर्न चाहान्छु । उहाँको पुस्तक पढ्ने बानी कति छ मलाई थाहा छैन । पुस्तक पढदा working memory  overload  हुने हुँदा मानिसलाई पुस्तक पढ्न जाँगर नलाग्ने गरेको छ।  फिलिम वा youtube हेर्दा working memory लाई सजिलो मह्सुस हुने हुँदा मानिस पुण्य गौतमको अन्तर्वार्ता सुनेर पनि बस्छन् । पुण्य गौतम भन्दा त पुस्तक ठिक हो नि । करिश्माजीलाई मेरो के सल्लाह छ भने  एक्कै चोटी धेरै पाता नपढ़नुस  ।  पांच पाता जति पढेर, आफुले के के पढियो त्यो कापीमा नहेरी लेख्ने कोशिस गर्नुस । त्यसो गर्दा कति बिर्सिंछ । बिर्सेको थाहा पाएपछि  दिमाग  लाई धक्का लाग्छ अनि  दिमाग  अलि  सक्रिय  हुन्छ र  त्यो बेला  फेरी  पढ्यो    भने सम्झिन स...

सिधाकुरा करिश्मा ढकालसंग

 करिश्मा ढकाल ८८४८ m को हिमाल मन्तिरको देश नेपालको कुनै भूखण्डमा बस्नुहुन्छ । संसारका  भाले  देशले रास्ट्रीयता भन्ने  धर्म मानेर पासपोर्ट बाँढेकोले मैले  यो परिचयसम्म  गरें । थप पहिचानवादी कुरा गर्दीन् जस्तै कुन जिल्लामा बस्नुहुन्छ आदि । करिश्मा ढकालले धेरै पहिचानको कुरा गर्दै धेरैलाई uncle भन्दै  हिड्नुहुन्छ । क्रिकेट पनि हेर्नी उहाँको पहिचान ऑस्ट्रेलिया समर्थक हुनु हो / पहिचानमा उहाँका  १०० kg का धेरै माया गर्ने भाई पनि छन् । करिश्माले मन पराउने अस्ट्रेलिया क्रिकेट खेलाडी Steve  स्मिथ हुन् ।  उहाँलाई म महामानव  बिजुली लामीछानेसंग उपहारमा बिपी कोइरालाको आत्मवृतान्त र जेल जर्नल मागेर हेर्न भन्छु ।  केटाकेटीले जस्तो एक चोटी होइन एक बर्षमा दुवै पुस्तक पांच- पांच  चोटी पढ्न चुनौती दिन्छु । नयाँ कुरा सिक्न revision को ठुलो ठुलो महत्व हुन्छ । revision किङ्ग हो।  virat कोहली यो ipl  मा मन्त्री भए । एक चोटीमात्र पढेर long term मेमोरी formation हुन्न । सबै बिर्सिन्छ ।     कुनै एमाले समर्थकसं...

खेलकुद कवि बिनोद पाण्डेका तरङ्गहरु

 खेलकुद कवि बिनोद पाण्डे नेपालका प्रखर पत्रकार हुनुहुन्छ । नेपाली क्रिकेटमा अर्को पत्रकार हुनुहुन्छ आदर्श दाई होला, सबैलाई तिमी भन्नु हुन्छ । राम्रो सुनिन्न । अरु केहि पत्रकार  महिला हुनुहुन्छ ।  सरिता श्रेष्ठ हुनुहुन्छ । योग्य हुनुहुन्छ । रिस ऋषिमुनिको जस्तो छ । बिनोद पाण्डेको सबल पक्ष्य भनेको उहाँ रिसाउनु हुन्न । एउटा नेपथ्यको  गीत  बिनोद पाण्डेको लागि सुहाउँछ । " बिनोद पाण्डे हुन सार्है असजिलो छ " / https://www.youtube.com/watch?v=gaFz5TxPSWk      प्रिय र मैले नचिनेको तर बोलेको / एउटा मलाई कुटनीतिक पास दिनुभएको बिराट रायमाझी हुनुहुन्छ ।  पाण्डेलाईलाई नेपाली क्रिकेटको पुराण देखि लिएर कुन खेलाडी कुन खेल हुँदा  कति बजे पाइखाना पसे  भन्ने सम्म थाहा हुन्छ । आजकाल बिराट रायको commentry मनपर्दै छ । अध्ययन  र राम्रो तयारी देखिन्छ बिराटमा, पहिले अलि चिच्चाउने  शैली पनि थियो ।  प्रिय पात्र सचिन तिमिल्शिना पनि हुनुहुन्छ । उहाँको पनि क्रिकेट ज्ञान र commentry सुरिलो छ, एउटा लय छ । कवि  पाण्डेलाई यी सबै योग्य पत्रकारल...

तारानाथ दाजुको बेलायत यात्रा

 तारानाथ दाजु बेलायतमा हुनुहुन्छ ।दुई तले बस चढेर दाजु मेनाइ  साँघुको मेलामा पुग्दा उहाँको घडीमा तीन बजेको छ । मेनाइ मेलामा पुग्दा इलामको माइबेनी मेला र कर्फोकको झाम्दे मेलाको सम्झनाले  उहाँलाई रन्थनाउन थाल्छ ।  उहाँका  दुई साथी छन् । पहिले देखि चिरिप । मेनाइ पुगेपछि आफ्नो सुर र ताललाई निरन्तरता दिंदै दुवै भट्टी पस्छन् । तारानाथ भने मेलामा प्रवेश गर्नुहुन्छ अनि सात घण्टा आफुलाई एकाकार गराइदिनु हुन्छ ।  यो दिन टिकाको भोलिपल्ट २४ अक्टोबर १९६६ को हो । यो मेला  बिक्रिको एउटा महासागर भएको छ । छाला,उनी देखि कम्मल, कमिज देखि अनुहार हेरेर उमेर पत्ता लगाउने,  खानामा हट डग देखि अनेक बस्तुको   एउटा केन्द्र बनेको छ । थोरै पैसा सबैमा लाग्ने । दाजु यस्तो मेलामा घुम्दै गर्दा  डयाम्म एउटी   तरुनीको छातिमा जुध्न पुग्नुहुन्छ । मेलामा साथीहरु नछुट्टीउन भनेर मानिसहरु लामो मफ्लर बनाएर सबैले घांटीमा भिरेर एउटा लहर बनाउंदै हिंडेका छन्  ।  एउटा युवतीहरुको लहर तारानाथ दाजुसंग ड्याम्म् ठोक्किन पुग्छन् ।  " माफ गर्नु होला मह...

pneumonia र ct scan

  covid  ले फोक्सो बिगारेर pneumonia हुने हुनाले धेरै मानिसको मृत्यु भएको बुझ्दै छु । अब प्रश्न भयो pneumonia संग कसरी बच्ने ? Pneumonia लाई silent killer  भनिन्छ, किन भनिन्छ ? पछि भन्छु । Pneumonia भने पछि CT  scan  भन्ने आउँछ । यसले फोक्सोको चित्र लिन सक्छ । मलाई पहिलो तर्कले छोप्छ । " Covid को संकेत देखियो भने म तुरुन्त CT scan गर्छु र धेरै भाले हुन खोज्दिन "।  twitter को space ले मानिसलाई भाले बनाउन खोज्दै छ । मेरो तर्क सुनेर भारतका एउटा ठुलो अस्पतालका director रंदिप गुलरिया उफ्रिए । " हतार हतार CT scan गर्न हुन्न है  दाजु  " भन्दै।      हतारमा CT लिंदा CT scan केहि नदेखिने हुने नै भयो । अनि Covid भएको छैन भने अस्पताल पुग्दा झन्  सर्न सक्ने हुने भयो । CT scan गरेको कति पर्छ मलाई थाहा छैन । धेरै raditation को प्रयोग हुन्छ र सुतेर एउटा machine  पस्ने फिल्मी शैली हुँदो रहेछ भने पछि ३ हजार भन्दा पनि माथि त पर्ला । डा रंदिपले long  term memory बाट  के भन्नु  भयो  भने " एउटा CT scan गर्नु भनेको ...

सचिन तिमिल्सिना शैलीको बारेमा ।

बिजुलीजीले संचालन गरेरको खेलकुद space मा  पस्नु एउटा  अनुभव  भयो  । प्रदोषकालपछि ७ बजेको समय निर्धातित थियो । Indoor का सफल ब्याटर सन्दिप ज्ञवालीले dm गरेर दाजु यसमा पस्नुस भनेर दिशानिर्देश गरे ।  म पहिल्यै पुगेको थिएँ ।  नेपाली क्रिकेटको बारे खास त्यति सुन्न मन लाग्दैन । खेलकुद कवि बिनोद पाण्डेले bermuda  miracle  भन्ने  लेख  लेखेको सूचना पाएको थिएँ । पढ्न श्रम शक्ति निकाल्न मन लागेन ।  चिनेको मानिसले कुन शैलीले प्रस्तुति गर्लान भनेर कान चलाख राखेको थिएँ । Laptop बाट C ++ बारे केहि सूचना short term मेमोरीमा हाल्दै पनि  थिएँ ।   मुख रुपमा ३ जना मानिस मात्र बोल्न चाख मानेको देखें । अरुले पनि बोलेको भए मजा हुन्थ्यो । अन्तिममा म पनि बोल्न पर्यो भनेर request पठाएँ । राम्रो संग सुनिएको थिएन , प्राविधिक समस्या आउने हो कि भन्ने लागेको थियो । हिजो देखि space प्रवेश गरेकोले मेसो पाउँदै छु ।   अन्तिममा बोल्न मन लाग्यो । क्रिकेटको जब्बर तर्क भन्दा    श्री सचिन तिमिल्सिना ( वा तिमिल्सेना , वा तिमेल्स...

Mahabharat 2

 हामीले पहिलो महाभारत ब्लगबाट हाम्रो short term उर्फ working memory लाई सक्रिय बनायौं । हाम्रो मस्तिस्कलाई अहिलेलाई working memory र long term memory  गरेर दुई विचारमा विभाजित गरम । अनुताप भन्ने शब्द मैले खास प्रयोग गर्दिन भनेको थिएँ । अर्थात् त्यो शब्द मेरो र twitter का  मान्ठा दाजूको long term मेमोरीमा छैन । हाम्रो ज्ञान , expertise , शिल्पी, खेलाडीकारिता , कलाकारिता यो सब बस्ने भनेको long term  memory मा हो । Short term मेमोरीको काम नै बिर्सनु । बिर्सने हुनाले हामी सबैको, पशुपतिका सम्माननीय बाँदर देखि, खरायो सबैको दिमागको गति तिव्र हुन्छ । Short term मेमोरीले पनि long term मेमोरीले जस्तै सम्झने हो भने हाम्रो मस्तिस्क पेन्टियम 1 जस्तो   धिमा हुन्थ्यो  । पढ्न मन नलाग्ने । बिर्सने । नयाँ बिषय सिक्न कठिन हुन । चिट बनाउन मन लाग्ने । यो सब सिमितताको कारण Short term  मेमोरीको प्रकृति हो ।    द्रोणाचार्यको मृत्यु पछि कर्ण सेनापति हुन्छन् ।  । अर्को दिनको बिहानको प्रारम्भ पछि युद्ध सुरु हुन्छ ।  Dhristarastra ले आँखा नदेख्न...

C++ सिक्न खोज्दाको प्रारम्भिक बयान ।

सबैले programming  language को बारेमा कुरा गर्ने हुनाले मलाई पनि यो बिषयमा रुचि हुँदै थियो । सबैले c ++ बाट सुरु नगर्नुस दाजु यो अलि कठिन हुन्छ भन्दै उफ्रिदै गर्थे ।  । अलि सजिला python बाट सुरु गर्नुस भन्थे ।  मलाई website र youtube को सिकाउने शैली त्यति ठिक लागेन । technical term define गर्ने method बाट सिकाउने । idea लाई explain गर्ने method  ठिक हुन्छ । तर यसो गर्न सक्ने हुन idea र history of programming language दुवैको ज्ञान हुन आवस्यक छ । जुन धेरैमा हुन्न । C ++ बनाउने मानिसको नाम Bjarne Stroustrup   हो /  उहाँले किताब नि लेख्नु भएको छ । youtube मा नि हुनुहुन्छ ।  Bjarne Stroustrup ले भन्नु हुन्छ programming भनेको को idea हो । definition मात्र जानेर र technique मात्र जानेर हुन्न । धेरै programmer  हरुको समस्या Bjarne Stroustrup दाजुको अनुसार idea को कमीले गर्दा भद्दा प्रोग्रम्मिंग बनाउनु हो । प्रोग्रम्मिंग गरेपछि छरितो हुन पर्यो , चांडो चल्न पर्यो , जुन समस्या समाधान गर्न खोजेको हो त्यहि गर्न पर्यो । एउटा समस्या समाधान गर्न बन...

K. Anders Ericsson को पुस्तक peak पढ्दै ।

यस किताबले  प्रस्तुत गरेका केही विचार छन् deliberate practice र purposeful practice ।  प्रश्नबाट सुरु गर्छु । ठुलो संख्यामा मानिसहरु केहि त केहि सिक्न लागेका हुन्छ, स्कुले विद्यार्थी देखि विभिन्न मानिसहरु, के सिक्ने प्रिक्रिया कमसल वा राम्रो हुन सक्छ ? कसरी सिक्ने ? कसरी नसिक्ने ?    Erricson  को विचारमा सिक्ने तरिका गलत वा राम्रो वा औसत हुनसक्छ।  यहि विचारलाई बढाउँदै यो किताब लेखिएको हो । deliberative practice भन्ने विचार प्रयोग गरेर हामीले सिक्न प्रयास गर्यौं भने चांडो सिक्न सकिन्छ भन्ने तर्क छ पुस्तक भित्र । deliverative practice  भनको के हो म पछि प्रकाश पार्छु ।  म keyboard  बजाउन सिक्दै छु । प्राक्टिस पनि गर्छु । बेला बेला बेटरी charge गर्नपर्छ । twitter को space सुन्दै "गार्गिल " नगरीकन keyboad पनि बजाउँदै हुन्छु । Celion Dion को My  heart  will  go on र हिन्दि गीत हर घडी बदल गई है भन्ने दुई गीतको अभ्यास गर्दै छु ।     कोहि piano सिक्न बिस्वबिद्यालय पुग्छन् ।  बिस्वोबिद्यालयमा पनि कोहि एकदम माथिलो...

महाभारत पढ्दै ।

प्राविधिक कारणले मैले महाभारत बीचबाट पढ्न पर्दै छ । पापाले सुरु देखि पढ्ने रे । "तँ यो पढ " भन्ने सूचना आयो। बीचबाट पढ्नु र सुरुबाट पढ्नु दुवै सामान्य हो भन्दै सुरु गर्दै छु  । कर्णपर्वबाट सुरु गर्दै छु । द्रोणाचार्य मारिनु हुन्छ । दुर्योधनको गुटका मानिसलाई ठुलो अनुताप पर्छ। अनुताप भन्ने शब्द यहिबाट सिक्दै छु ।  द्रोणाचार्य शहिद भएपछि एउटा बैठक बस्छ । माओवादीमा प्रचण्ड र बाबुराम र मोहन दाजुहरु महान शहिद हुन सक्नु भएन । महान गाईघाट युद्ध, खारा, लिस्ने युद्धमा भाग लिन सक्नुभएन । पछि उर्जा मन्त्री भएका मानिस चार किलो मिटर टाढा लुकेर महान उर्जा दिनु हुन्थ्यो  । माओवादी कालमा युद्ध रातमा हुन्थ्यो । महाभारतमा दिउसो । प्रदोषको समयमा युद्ध सकिएर सबै आराम गुड हो भन्दै आफ्नो आफ्नो शिविरमा जानुहुन्थ्यो । प्रदोषकाल भन्ने शब्द पनि टेसिलो छ । अर्को यस्तै शब्द छ, गोधुली । दुवैको अर्थ साँझ ।  द्रोणाचार्य दाजु कौरवको गुटको सेनापति हुनुहुन्थ्यो । उहाँको मृत्यु भएपछि को सेनापति हुनुहुन्छ ? क्रिकेटको भाषामा कप्तान । किङ्ग कोहली  ओपेनिङ्ग गएर रन नहानेर , अब श्रीलंका बोलाएर रन ह...