Posts

Showing posts from February, 2021

नेपाली क्रिकेटलाई के गर्न पर्छ ?

  पहिले लिखित माग राख्न पर्छ । भए भरिका कुरा राखेर बिनोद पाण्डेका कथा जस्तो भावुक बनाउन हुन्न । समाधानको दृस्टीले छरिता ५/६ वटा माग राख्न पर्छ ।  अहिले पैसा छैन । icc ले   दिएका छैनन् । अब नेपाल सरकारले दिन पर्यो । board लाई होइन । board मा २० जना बाँदर प्रवृतिका मानिस छन् । ५ जनाको छरितो टिमलाई प्रधानमन्त्रीले  एक बर्षको लागि ग्याम र advanced training भनेर पांच करोड दिन पर्यो । यो  ठुलो रकम होइन । यति पनि गर्न सकेका छैनन् । एउटा गतिलो बलिङ्ग मेसिन किन्न सकेका छैनन् । मेरो लिखित माग यत्त्ति हो । यो भन्दा बढी उपन्यास लेखेर म गन्जागोल पार्न हुन्न भन्नेमा छु  । अहिले केपी ओली तातेको बेला पैसा नी देलान । पांच जनाको टिममा एउटा सरकारी accountant , एउटा team leader , तीन जना क्रिकेट बुझेका योग्य मानिस ।   मेरो लेखित माग सकियो ।  खेलाडीले मेडियामा भावुकता पेश गर्न भन्दा समाधानको उपाय दिन पर्छ । twitter मा म आफै धेरै block मा परे पनि यति सम्म भन्न सक्छु ।  महिला क्रिकेटलाई पनि यहि बन्जाडेको तेस्रो नियम लागु हुन्छ । हुँदा हुँदा  थाई...

तिश्नुजी भाग तीन ।

 आयुषाको आफ्नो कुर्सिमा बसेकी छन् । तिश्नुजीको नमस्कार ग्रहण गरेपछि उनि मुस्काउँछिन् । तिश्नुजीको बिहानले लय समातेको छ ।  कर्मचारीहरु आफ्नो निलो पोसाकमा यता उता गर्दै छन् ।  बिहानको ९ :१५ भएको छ । हाजिर हुने समय ९: ३० हो । ब्यांक सर्वसाधारणको लागि खुल्ने समय १० बजे हो । १० -१२ बजे सम्म अलि ठुलो कारोबार धेरै हुन्छ । १२ बजे पछि ग्राहक कम हुन्छन्, खाजा खाने समय आउँछ । ३  बजे पछि सर्वसाधारणसंग  कारोबार बन्द  हुन्छ ।  आन्तरिक काम सुरु हुन्छ । 

तिश्नुजी भाग दुई

  तिश्नुजी अफिस जान तयारी अवस्थामा हुनुहुन्छ ।  "हैन यार तेल त लगाउन पर्छ, कपाल गुड हुन्छ , " भन्दै हातमा तेल लिएर कपालमा दल्नु हुन्छ ।  "तेल गुड हो , " फेरी अर्थ दिनु हुन्छ ।  काजि आफ्नै धुनमा हुन्छन् केहि बोल्दैनन्।    कोठा बास्नाले भरिएको छ।  तिश्नुजी एउटा भन्दा बढी रस लिएर अफिस जाँदै छन् ।  " ल काजि म हिंडे, बेलका भेटम्ला।  " तिश्नुजी हेल्मेट  हातमा लिंदै बोल्छन।   "हुन्छ दाजु । "  बाटोमा गाडी बत्तिएका छन् । तिश्नुजी बत्तिन्दै अफिस पुग्छन् । अफिसमा एउटा माहोल छ । तिश्नुजी सबै तर्फ़ आँखा लगाउँछन् ।  अनुषा र तिश्नुजीका चार हुन्छन्।   तिश्नु जी राम्री युवतीलाई पनि नमस्कार गर्छन् । एउटा हाँस्य रस उत्पादन उद्योग जस्तो । ब्यांकमा काम गर्ने तिश्नुले आफै एउटा उद्योग जस्तो खोलेका छन् ।    यसो गर्दा राम्री युवतीको सम्झनामा बस्न सकिन्छ भन्ने तिश्नुजीको ब्याख्या छ । मुटुमा बस्ने दोश्रो इन्निंगको काम हो । क्रिकेटमा पनि तिश्नुजीको ब्याटिंग सुध्रिएको छ ।  राम्री युवतीलाई कसैले नमस्कार गर्दैन । नेपालमा नमस...

तिश्नुजी ( कथा )

बिहान सात बजे तिश्नुजी उठेर पाइखाना पसेर आफ्नो कोठामा सलबलाई रहेका छन् । काजि किङ्ग प्रविन सुतेका छन्। " ए काजि उठ, " तिष्णु पुराणको ध्वनी सुरु भयो । तिस्नुजी बरण्डामा पुगेर आँखा नचाऊँछन्   । कलेजमा पढ्ने युवा युवती बाटो नाप्दै छन् । तिश्नुजी मिलाएर हेर्दै छन् ।  भित्र पस्छन् । " एक काजि छिटो उठ चिया खान पर्यो।  " आवाजको ध्वनि अलि चर्को  हुन्छ ।  कुनै अर्कै लोकबाट बोलेजस्तो गरि काजिको निद्रा बोल्छ " दाजु पख न। "  " साढे सात बजिसक्यो, " चर्केको आवाजमा तिश्नुजी बोल्छन् । " तोरी हाकिम सधै टाइममा पुग्छन् " । "खाना नि पकाउन छ । "   " खाउले के  दाजु, पाँच मिनेट देऊ के दाजु  " काजिको आग्रह आयो  ।   "हाहा " facebook मा एउटा फोटो हेर्दै हाँस्छन् ।  हिजो फूटबलमा बाजी हारेकोले भित्र अलि बल्झीएका छन् । दिउसो कसले फूटबलको बिषय उठाउंछन् अनि तिश्नुजी रंकिन्छन् ।   पैसा अलि हारेका छन् । काजि नि हार्न कम छैनन् । फुटबलले डुबाएको छ । लीड्सले wolves  संग हारेर हिजो झट्का दियो ।   काज...

कथा

 एउटा परिवार छ । जम्मा चार जनाको । दुइ बच्चा छन् । श्रीमान १ श्रीमति १ । शनिबारको दिन घुम्न जाने योजना छ । गोदावरी । शनिबार बिहान सात बजेको छ/ समय र आयुष्मा यताउता गर्दै छन् , कुद्दै छन् , खेल्दै छन् । फाल्गुन महिनाको न्यानो छ ।  समयले रातो  रंगको ज्याकेट लगाएको छ/  बिहानमा त अलि अलि चिसो चल्छ । देउसो गर्मि रन्किए पनि साँझमा फेरी अलि चिसो हुन्छ । आयुस्मा कालो ज्याकेट लगाएर कुद्दै छे । " दादा गोदावरी जान एक  घण्टा छ , " आफ्नो नयाँ घडीमा नजर लगाएर भन्छे । नयाँ घडीको उमङ्गले होला उसलाई घडी हेरेर समय भन्ने बानी परेको छ ।  समयको पनि आफ्नो घडी छ । रातो । manchester   united  भन्ने club छ भन्ने दुवैलाई  थाहा  छैन   । समय  सात वर्ष  भए  आयुष्मा   आठ । बाहिर घाम लागेको छ । कहिले काहीं विदेशबाट बादल आयो भने अलि चिसो चिसो नि हुन्छ । यो समय जाडो महिनाको पानी पर्ने समय हो ।  यिनीहरु अलि साना साना छन् । घर र भाडामा झुकिन्छन् । तल्लो तालामा बस्छन् । कहिले काहीं छतमा जाने भनेर हैरान पारे भने मम्माले ...

रामेश र सुर्यराज

 बिहानको सात बजेको छ । सुर्यराज बिहान हिंडाईमा निस्कनु भएको छ ।  रामेश राती १२ बजे सम्म twitter मा थपडी बजाएर बस्नु हुन्छ । रातिको जागारामले बिहान रामेश लामो निद्रामा हुनुहुन्छ । रामेशको कोठाको झ्याल सामान्य आकारको छ ।  सुर्यराजको कोठाको झ्याल अलि फराकिलो छ , लामो दृश्य देखिने किसिमको ।  रामेशको खाट माथि बिजुली बस सम्बधी किताब छ । अलि पुरानो भएको छ । झ्यालको छेऊमा एउटा टेबल छ , टेबलमा कापी छन् अलि धेरै । उहाँको चस्मा पनि आराम गर्दै छ ।  सुर्यराज बाटोमा हिंडदै हुनुहुन्छ, पशुपति परिसरमा । भर्याङ्ग छ । पुरै उकालो । रामेशले उत्तरबाट धेरै उकालो हुने हुँदा सस्तोमा रेल आउन्न भन्नु भएको छ । अहिले सुर्यराजले त्यो बिर्सनु भएको । सुर्यराजले लगाएका जुत्ता सस्ता नै छन् । पहिले पनि यो उकालो कटाएका छन् यी जुत्ताले ।  रामेश सिरक तान्दै हुनुहुन्छ । आज शनिबार ।  सुर्यराज पशुपतिको डांडामा पुग्नु भएको छ । एउटा विजय भाव छ । थकाई भाव पनि । कसरत भाव पनि । धेरै रसले संचारित जस्तो देखिनु भएको छ ।  पशुपतिका प्राचिन रुखहरु मंसिरको चिसो पचाएर घामको ग्रहण गर्दै छन् । एउट...

King Hip, ketaketi turn

आजको दिनमा पिच चिल्लो बनाइएको हुन्छ जसमा  बल turn  हुने सम्भावना खास हुन्न  /  स्पिन्नरलाई एउटा गम्भीर बिषय छ यो  । यसले स्पिन्नरलाई पिटाईको बिषय बनाएको छ । odi को कुरा छोडम्  भर्खर इंगलैंडले नि toss जितेर पहिले ब्याटिंग गरेर दुई दिन ब्याटिंग गर्यो । एकछिनलाई जीत हार सामान्य हुन्छ भनम । बिषय जटिल छ ।   हिजो शानिबार indoor खेल्दा   स्पिन बलिङ्ग बिषयमा एउटा प्रयोग गर्न मन थियो । प्रयोग असफल भयो । पिटाई खाइयो ।  राष्ट्र नायक सन्दिप लामीछाने ipl  मा नछानिनु पनि एउटा स्पिनको बिषय छ । मलाई मन पर्ने प्रयोगशिल बलर मुजीबलाई सजिलो भएन । राशिद स्थापित भईसकेकोले उनि छन् /  यिनको पनि गूग्ली पचाउने तर्क ब्याटरले ल्याए भने यिनलाई पनि एउटा धक्का महसुस हुन्छ  । राशिद खानलाई एक ओवरमा ३० रनको धक्का ion morgan ले दिएका छन् । सन्दिपलाई पोल्लार्डले । मेरो त हिजो सन्तोष ज्ञवालीले क्याच छोडे ।  म हिजो परिक्षणको मुद्रामा थिएँ । फास्ट बलिङ्गमा नि एउटा स्विंगको परिक्षण गरें । त्यो तरिकाले स्विंग फाल्न जाँदा बल ओवर पिच खस्यो । गएक...

प्रेम

 प्रेमको बिषयमा  लेख्न आरम्भ गर्दा बिद्यालय स्तरको निबन्ध हुने खतरा रहन्छ । त्यसैले त चुनौती लिन मन भएर आउँछ । अन्जन भण्डारीदाजु अर्को हप्ता मार्दी जाँदै हुनुहुन्छ भन्ने अपुष्ट खबर फेला पारेको छु, चुनौतीको तरङ्गले उहाँलाई प्रसारण गर्दै छ । युवाहरु लभ पर्यो शैलीमा सार्वजनिक स्थलमा सलबलाएको हेर्नु एउटा स्वादको बिषय हो । पछि कति जोडीहरुको  प्रेमको अन्त्य बोलीको चिच्चाहाटमा पुगेर   पनि टुङ्गिञ्छ।  प्रेमको मूलको श्रोत मलाई मानिसको व्यक्तित्व नै लाग्छ । तँ, तँ , म ,म  ।  तैंले मैलेको मान्न पर्छ भन्ने दुवै तर्फ़बाट भयो भने प्रेम खेलकुद जस्तो बन्छ  । अनि दोष दिने, आँखा तर्ने , रिसको सिर्जना गर्ने दिशा लिन्छ ।   मलाई लजालु किसिमका,  एउटा रमाइलो गरेपछि घन्टौं आनन्द लिने,  यस किसिमको कलेवर    प्रसारण गर्दै हिंडेन् जोडी मनपर्छ ।   कालो चस्माबाट सुरु भएर , नेपालीमा बोल्दा पनि फ्रेन्च जिब्रो घुमाएर अन्तर्वार्तामा आधुनिक मन जित्न प्रयास गर्ने  किसिमका जोडीको बोली चाली, हाउभाउ नयाँ जोगीको शैली लाग्छ । अनि फोनम...

कोभिड

 कोभिड चीन देखि सुरु भयो, वुहानबाट । चीनले जति पैसा कमाए पनि एउटा समस्या छ, अंग्रेजी भाषाको एउटा गतिलो अखबार छैन । रेलमात्र कुदाएर पुग्दैन । मैले अनवरत the guardian  र the new  york times  र economist  मा   चीनबारे पढ्दै थिएँ । यी अखबारको  भाषामा सुन्दरता हुन्छ तर चीन लगायत रसियालाई अलि ठाडो भाकामा होच्चाईएको हुन्छ ।   त्यी अखबारको  भाषा हेर्दा उनीहरुलाई यो भाइरसले चीन थला पर्ने भो भन्ने लाग्दथ्यो । विश्वलाई चक्मा दिंदै वुहान बाहिर यो फैलेना । वुहानको जनसंख्या २ करोडको आसपास छ भनेको सुन्दा म चकित परेको थिएँ ।   केहि समय पछि अमेरिका थला पर्न थाल्यो । अब अमेरिकी र बेलायती अखबारलाई आफ्नै समाचार थामी नसक्नु भो ।   भारतमा मोदी र नेपालमा ओली यो virus नेपाल पसेन भनेर गमक्क परेका थिए ।  pandemic को ठुलो त्रास हुने रहेछ।  shakespear को पालमा pandemic बेला-बेला हुने हुँदा उनी त्यो बेलाको सहरबाट गाउँ फर्कने रहेछन् । shakespear त लगातार २ वर्ष गाउँ  नि बस्न पर्ने हुने रहेछ । यस्तो कुदाकुदको जीवन बिताएका shakes...

चुरोटका गोठालो

 मैले चुरोट पिउने मानिसलाई "काँतर " भन्ने गरेको छु । काँतर शब्द केपी ओलीसंग सिकेको हुँ । यिनले माओवादीसंग "काँतर " मात्र मिल्छन् भनेर पहिलो संविधान सभाको चुनाव अगाडी भने भनेर अखबारमा शिर्षक रहेछ । पछि "समाइजिक " संजालमा त्यो व्यापक  फैलियो ।   bcompany  दाजुको भाषामा पर्छ "समाइजिक संजाल "।    हुन त मैले  हल्का मदिरा लिन्छु । अन्तिम चोटी लिएको सात सालमा हो ।  एक दिन म एउटा समुहमा थिएँ । दुई जना अमुक लिङ्गका अलि टाढा भएका  तर्फ़ इसारा गर्दै मेरो समुहमा भएको एउटाले भन्नुभयो " तिनीहरुको यहि आएर लभ  पर्यो हो " ? प्रश्न जस्तो भए नि एउटा टिप्पणी जस्तो थियो । अर्कोले जवाफ जस्तो टिप्पणी दिए " होइन तिनीहरु सात साल देखि  यस्तै हो " ।  मलाई त्यो सात साल भनेको खुब मन पर्यो । रमाइलो छुटेर हाँसेको थिएँ / "धेरै समय पहिले " भन्न परे सात साल भन्दा टेस पर्दो रहेछ । मैले मदिरा खासै नलिएको पनि धेरै भयो ।   चुरोट पिउनेको  दुर्दशा पनि उदेक जस्तो लाग्ने किसिमको । बिहान भो एउटा खान पर्ने । झ्याल देखे अर्को/ बरु कुकुरले...

twitter र एक्लोपन

 facebook  म खास प्रयोग गर्दिन । चिठी पत्रको लागि मात्र हो।  twitter  चौतारो हो । गुरुप्रसाद  मैनालीको कथा छिमेकीमा धर्मानन्द पाध्य, गुमाने र धनजिते पनि चौतारोमा बसेर एउटा माहोल शृजना  गर्छन् । " कुलोमाथि चौतारो, कुलामुनी आसमरु साहू हिउँदे पसल, त्यसमुनि ज्यामिरे बेसींको फाँट...   धर्मानन्द पाध्ये चौतारोमा बसेर गफ चुट्दै थे । "  मलाई पनि twitter  चौतारो जस्तो लाग्छ । धेरैका कुरा सुन्न पाउने । कोठामा एक्लै भएपनि twitter ले गर्दा अरु मानिस पनि भए जस्तो हुने। facebook मा अलि रकमी प्रस्तुति धेरै हुन्छ जस्तो लाग्छ कहिले काहीं । twitter मा नचिनेका मानिसका कुरा धेरै सुन्न पाउने हुनाले गतिलो सूचनाको केन्द्र पनि बन्न सक्छ ।  twitter मा मलाई सबभन्दा मन पर्ने mute को सुबिधा हो । जोधाहा र रिसाहा खालका मानिसलाई यसले सिथिल पार्ने काम गर्छ । " मैले follow गरें, मलाई follow back दिएन " भन्ने रनाहा स्वभावकालाई follow back दिएर mute गर्न आनन्द हुन्छ । आफ्नो follower  संख्या बढाउन परे पनि ५००० जतिलाई follow  गर्ने अनि mute  गरे...

Covid

 Covid has come in Nepal via much larger countries. It came to Nepal mainly with arrival of summer of 2020. Pandemic which only held its place in the dictionary turned into reality. First strain of virus to become infamous was the Wuhan Virus.  Miraculously Wuhan virus was contained in Wuhan and China.  Those days when Wuhan virus was making Pandemic great again, the New York Times and The Guardian were almost furnishing Live update on China virus with Language of belittlement against  China.  Then time arrived when Virus broke through The USA, and Europe. Italy and Spain became a battle ground of Virus and human. Humans were undone by this invisible force. Italy and Spain suffered huge causality.   The Brahma ji turned Modi was chilled considering the fact the virus looked impenetrable in the region with  tradition of Indic herbs and remnants of ancient hindu lifestyle still in active mode.  In Nepal it took around three summer months for th...

अमला कसरी खाने ?

 अमला खाँदा के समस्या हुन्छ भने दाँत कुडिन्छ । अमला खाँदै पानी पिउँदा गुलियो भएर मजा आउँछ । अमला स्वास्थको लागि पनि सुवर्ण मानिन्छ ।  मैले त अमलाको बुटो पनि देखेको हुँदा, त्यो सिन्कीको बुटो जस्तो हुन्न भन्ने थाहा छ । आजकल मैले अमलाको मैले मौलिक प्रयोग गर्ने गरेको छु। मैल  धेरै अमला पाटन दरबार अगाडीको एउटा कुनोमा किनेको छु । घरमा ल्याउँछु । पचास रुपियाको अमला एकै चोटी काट्छु  अनि  एक लिटर पानीमा हालिदिन्छु । कोठामा ल्याएर त्यो एक भाँडा पानी राख्छु । काटेको अमलामा पानी  पस्दै जान्छ ।     अमलामा vitamin c हुन्छ रे । vitamin c बारे बुझ्न बाँकी  छ । दुई चार सनातनी कुरा के गर्नु।  स्वास्थमा तपाईको रुचि छ भने antioxidant  र फ्री radicals चल्तीका शब्द हुन् । फ्री radicals अस्थिर हुन्छन् एउटा electron कम वा बढी भएर । फ्री radicals  शरीरको लागि खतरा हुन् । antioxidant योग्य हुन् । antioxidant आऊ शरीर बचाऊ अभियान चलाउन पर्छ।   अमलाका  बुटा खारिएका हुन्छन् कम खाना र पानीमा पनि जंगलमा एउटा योग्य जीवन ...

पाँच हजार अट्ने अप्पार्टमेन्टको पक्ष्यमा

मलाई दिपकराज गिरी किन मन पर्छ

 दिपकराज गिरी दाजु मलाई  मनपर्छ । दाजुले facebook र youtube मा  calorie पुग्ने गाली  पनि खानुहुन्छ भन्ने थाहा छ । मनमा जे छ त्यही भन्दा गालि खाइञ्छ । मान्छेको स्वभाव अरुको कुरा सुन्नु भन्दा बोल्दा बलियो महसुस गर्नु हो । "यो दिपके कति बोल्छ " भन्ने पनि धेरैलाई लाग्दो हो ।  दिपक दाजु धेरै फिलिममा "राजा" को शैलीमा प्रस्तुत भए । त्यी फिलिम चले पनि । खुसीको बिषय  छ । म कहिले काहीं "राजा दिपक  राज गिरी आऊ देश बचाउ"  पनि भन्छु ।   दिपक दाजुले आफ्नो तौल पनि धटाउनु भएको छ । जिम पनि जानु हुन्छ । शाकाहारी पनि हुनु भो । आफुले फिलिम निर्देशन नगरेर अरुलाई गर्नु पनि दिनु  । "दिपकले joke  र अनुप्रास मात्र फिलिममा हाल्छ, कथा स्खलित पार्छ " भन्ने तर्कलाई सकारात्मक ग्रहण गर्नु भो ।   नेपालको फिलिम जगतमा हलवाला र distributer  धनी र विवादास्पद रेफ्रीको रुपमा विकसित  भएका छन्।   पहिले उहाँहरुमा पोषणको कमी थियो । हिन्दी फिलिमले नेपालमा पनि बोरामा पैसा कमाउन प्रारम्भ गरे पछि हलवाला र distributer को तेश्रो नेत्र ...

Eric Kandel and idea of learning and memory

 Eric Kandel located memory in the synapse. If you learn something that learning is stored in synapse in the form of protein. This is visible. This was a radical finding as far as idea of learning or memory goes, for this Eric Kandel was decorated with the Nobel prize.  To view such memory in human brain would have been complex, because a living  human brain is naturally not available easily for experimentation. He choose simple invertebrate call Aplysia. Many mechanisms of Aplysia brain are similar to that of vertebrate human. Such extensive similarity of working of Aplysia memory system and human memory is in itself  stunning.  Aplysia could learn, and methods of learning in human are similar to that of Aplysia. Sensitization, classical conditioning, Habituation are three form of learning. These three forms unfold in complex human brain, likewise a simple Aplysia could also learn using these three methods.   

नयाँ रातो बलले खेल्दाको अनुभव

 indoor क्रिकेट खेल्न  आज गएर केटाकेटी पिटेर आउन पर्यो भनेर लागियो । सिनामंगलको एउटा चल्ने सेकुवा पसल पुगे पछि सस्तो र भरपर्दो हुने बफ सेकुवा खाने निर्णय पहिले नै भै सकेको थियो। नचल्ने सेकुवा पसलमा बलेको कोइलाको थुप्रो कम हुँने हुँदा सेकुवा पर्याप्त  सेकिन्न । अनि स्वाद आउन्न।  एक चोटी पेप्सीकोलामा त्यस्तोमा परेको सम्झना ताजा छ ।   सिनामंगल पुगियो, सेकुवा खाइयो, सिधा कुरा यहि हो । सेकुवाको दालमोठ स्तरहीन  हुने प्राय जता पनि । भुजा , अदुवा , अचार योग्य थिए ।  spright नखाएको धेरै भएकोले nostalgia को लागि एउटा  खाइयो।  आफुले बाहिरको भनें, चिसो टेस पर्थ्यो/ रुघा लाग्ला भनेर कामचलाउ तातो खाइयो ।  कागती जत्रो रातो बलले खेल्न परे खल्लो हुन्छ भन्ने  थियो । त्यो बल नउफ्रने धेरै अनि शट खेल्न नमिल्ने । पहिलेको सेतो बल ठिक थियो ब्याटिंग गर्न । पुगेपछि सोधें । "तपाईंहरुको लागि यो छ नयाँ रातो बल " भन्दै नवयुवकले निकाले दुइवटा सुन्तला मिलेर बनेको जस्तो बल । अचेलका साना सुन्तला।   । लाग्यो पहिलेको बल नै हो रातो रंगको  ...

Seeing Smith open in the IPL and seeing him slog

 In 2020 IPL in certain matches Steve Smith opened for his team, I felt that it was a decent move considering that his team was losing matches. Steve was not used to batting in the power plays from ball one. What  shocked me most was that he turned out to be a failure opening the batting. He got restless and too soon he started to slog across the line, the method and calmness was lost.  When Steve Smith was struggling in his opening slot, Ben stokes was flourishing in this role. The way he batted in the IPL 2020, I calculated that Ben Stokes opening in t20 and fifty over format would boost the English team in a big way. In this IPL Ben Stokes on his sole effort  won his team a string of matches.  Initially I was not so sure how Ben Stokes would turn up. Stokes has both defensive and attacking style of play unlike that of Butler or Roy. We can predict how Butler or Roy would approach their inning. Ben Stokes mixed his defensive play with attacking shots, the reas...

Ghost of Roy Dias in Nepali cricket

 Shri Roy Dias is long gone as a coach of Nepal cricket team, what remains is his ghost operating through various batters in Nepali cricket. Roy himself was not a serene name as far as ODI cricket goes, his fame is associated with Test cricket. Roy can be thus credited as a pioneer of Dot ball in Nepal cricket. On a positive note, he should also be credited for cutting off tendency to play across the line which is associated with players who are not good with driving on the off side, are not  equipped   to play with the straight bat, and do not have thinking cricketing mind to know the value of patience and shots as cut shot, off side multiple variety drives and soft hand multiple variety single. While discussing Roy Dias syndrome let us give a glance to a  present problem in Nepali batting. One of the problems is that senior batter never get dropped hence they are not improving and their games are not changing for the better. This is one major hurdle that is hi...

भक्तराज आचार्य

 भक्तराज आचार्यका गीत मलाई खुब मन पर्छन्।  उहाँलाई गुन्डाहरुले  आक्रमण  गरे पछि र त्यसपछिको क्यान्सर पछि उहाँले गाउन सक्नु भएन।  मलाई एक समय त्यो आक्रमण कस्तो थियो भन्ने थाहा थिएन ।  एक रात नौ बजेको आसपास तीन जना मोटर साइकलमा बसेर एउटा रेस्टुरेन्ट पुगेका रहेछन् ।  पहिलो व्यक्तिको अहिले नाम सम्झना छैन । अर्को व्यक्ति भक्तराज । अनि अर्को गायक पुष्प नेपाली  । कसैले यहि भित्र षडयन्त्र देख्छन् । मलाई दुर्घटना लाग्छ । रक्सि खाएर केहि गुन्डा स्वभावका मानिस हल्ली खल्ली गर्दै रहेछन्।    भक्तराजको स्वभाव अलि खरो हो। भक्तराज बाहिर उभिएका बेला, बाँकी दुईलाई केहि गुन्डाले  " हाम्रो पैसा नि तिर्दे " म, मा , मु  भनेछन् । दुईले रक्शी तालमा  बाहिर रहेका भक्तराजतर्फ़ इसारा गरेछन्, हामीसंग पैसा छैन भन्दै ।       अपराधिक  मनोवृतिका गुन्डा रक्शीले  क्रुर भएर खरो भक्तराज आचार्यकोमा पुग्छन् । अनि त्यहाँ विवाद हुँदा सबै मिलेर रक्शीको बोतलले कुटेर लडाउँछन् ।  भागाभाग हुन्छ ।   खा...

सानदाईको भुँडी र nuclear हतियार

 सान दाईले स्वस्थानी पढ्दै हुनुहुन्छ । उहाँको पढाईबाट  नयाँ सूचना थाहा भैहाल्यो । पार्वतीजीले १०० बर्ष तपस्या गर्नु भएको रहेछ  । मानिसको आयुको कसरी निर्धारण हुन्छ भन्नेमा एकजनाले नोबल prize पाउनु भएको छ । नाम बिर्सें उहाँको ।  उमेर बढेको  पनि cell भित्रको कुनै  अंगमा देखिने रहेछ । जब मानिसको उमेर बढ्छ त्यो  अंग पनि बढ्दो रहेछ ।  Einstein को याद आयो । उहाँले समय पनि  ढिलो चांडो हुन्छ भन्नु भएको छ , जुन गतिमा भर पर्छ । समय newton  ले  सोचेको जस्तो होइन/ यो अलि अर्कै छ भन्नु भएको छ।  पार्वतीजीले १०० वर्ष नै तपस्या गरे पछि उहाँसंग बाँच्न कति समय थियो होला ?  सान्दाईको स्वस्थानीबाट मैले केहि कापीमा नोट बनाएँ । spaced repetition  बारे eric kandel ले केहि भन्नु भएको छ। त्यो बारेमा नेपालीमा बोल्छु पछि । eric kandel indoor क्रिकेट खेलाडी होइन ।    सान्दाईको भुँडी वाचाल छ । धेरै तर्क गर्छ । सम्धी सरको भुँडी सान्दाईको भन्दा अलि सानो छ । भेडाको भुत्ला होइन, म भेडा नै लिएर आउँछु  भनेर महत्तोपूर्ण बस्त...

टेस्ट क्रिकेट र खरानी

 george bernard shaw ले टेस्ट क्रिकेट खेल्ने मुर्ख र हेर्ने महामुर्ख हुन्छन् भनेर मान्छेको ध्यान खिच्ने अलि उत्ताउलो कुरा गरेका हुन् । टेस्ट क्रिकेट भनेको  पाँच दिन टुक्रुक्क बसेर हेर्ने होइन।  यो मन लाग्यो हेर्ने। अनि नहेर्ने । अनि फेरी मन  लागेको बेला रन कति पुगेछ भनेर हेर्ने । अर्को दिनको अनुमान गर्ने । फेरी खाजा खान अलि गत्तिलो म:म खान जाने/ त्यहाँको wifi  मा आधा घण्टामा के भएपछि भनेर टुस्स हेर्ने । अनि आवस्यक पर्यो भने twitter  मा  एउटा fire  खोल्ने हो ।   टेस्ट क्रिकेट पनि सामाजिक वा bcompany दाजुको भाषामा समाईजीक संजाल जस्तो हो । नयाँ नयाँ घटना घटीरहन्छ । यसले एकरसतालाई अन्त्य गर्छ । मलाई टेस्ट मात्र होइन t -१० पनि मन पर्छ /  नतिजा चांडो आउने भएर  । टेस्ट म्याच भने घटना प्रधान हुने हुनाले टेस पर्छ ।  एउटा खेलाडी राम्रो खेल्दै हुन्छन्, उनि out हुन्छन् अनि नयाँ खेलाडी पनि  तुरुन्त out भैदिन्छन् कहिले काहीं। अनि १५ मिनेट सम्म बलियो देखिँदै गरको टिम खाल्डोमा पर्नुहुन्छ ।     टेस्ट क्रि...

बैज्ञानिक सन्तोष पन्थ

 सन्तोष पन्थलाई बैज्ञानिक किन भनेको भने उनले जाडो महिना महिनामा  युवतीहरु  छत छत र बाटोमा बढी निस्कनुहुन्छ भन्ने पत्ता लगाए। यो बैज्ञानिक तथ्यको उपयोग गर्न उनि सनिबार घुम्न निस्कने उपक्रम निस्कन थाल्यो।  घरबाट एक लिटर पानी बोतलमा लियो र निस्कियो।  एउटा मार्ग  तय गरेर निस्कने।  अनि कुन पसलमा के खाजा खाने, कता मुत्ने, थाके कता बस्ने त्यो सबको तयारी  पुग्ने ।   ।  एक सनिबार  यस्तै माहोलबीच सन्तोष पन्त निक्ले।   पुष  महिना थियो।  बिहानको घाम एउटा न्यानो लिएर बसेको।  पुष महिनाको घाम छायाँको अर्क्कै महत्तो फेरी / छायाँ छलेर एउटा घाममा पुगेर न्यानो लिन पर्ने, एउटा अभ्यास गरिरहन पर्ने  ।   प्राबिधिक रुपमा निपुण ज्ञानेन्द्र मल्ल सुतिरहेका होलान ।    t10  league मा एक ओवरमा २७ खाने सोमपाल र अरु प्रतिभा बोलाएर ५ जना जति जम्मा पारेर tu मा अभ्यासमा जानु नि। अनि खेल हारेपछि " मैले नहाने नि अरु ५ जना शुद्द घ्यु खाएका ब्याटरले नहानेर हारियो " भन्छन्। सन्तोष पन्थ बिहान एक पिलेट फलफुल ख...

लामो कपाल पाल्ने बारे

 मलाई बेला बेला लामो कपाल पाल्न मन लाग्दो रहेछ / पुराना फोटा देख्दा बेला बेला सुम्झाना हुन्छ त्यो समयको सोचाईको प्रकृति / सुरुमा लामो कपाल पाल्ने भनेको कपाल नकाट्ने भनेर बुझें / यो सिद्धान्तले सहि ठाउँमा नपुर्याउने रहेछ / अनि एउटा समय पछि कपाल टाउको भरि बढेर धेरै ठुलो हुने रहेछ / अनि ऐना हेर्दा स्थीति जाम पर्ने / यसरि जाम पर्ने भन्न मैले पारिजातबाट सिकेको  हो उनको शिरिषको फूल पढ्दा / अनि टाउको भोगटे जत्रो हुने रहेछ / अनि मैले फेरी कपाल काट्दो रहेछु / यो शृंखला जारि रह्यो / मैले कपाल पालेको खुसीमा ड्रोंन उडाउन पाएको छैन /  शिरिषको फूल नोट बनाउंदै पढ्दै छु / कथाको कसरी बनाइएको छ भनेर बुझ्न / शिरिषको फूलमा  एउटा महिला  पात्रको कपाल एकदम सानो  छ , पात्रको नाम सकम्बरी हो क्यारे /   दुइ जना केटा साथीको बारमा भेट भएर चिनजान हुन्छ / पछि एक साथी अर्को साथीलाइ  भेट्न उसको घरमा पुग्छन / घर तीन तले छ, बगल लगाएर फूलाइएका फूल छन् / यो "बगल लगाएर फुलाईएको " भन्न मैले त्यहिबाट सिकेको / अनि त्यो साथीका बहिनी छन् / एउटा बहिनीले " बुलेट पड्केको आवाजमा...

सन्तोष पन्थ, दार्ही र जिम

 सन्तोष पन्थलाइ दार्ही पाल्न र जिम जान भन्दै म सुरु गर्छु / share किन्न भन्दा बेच्न सिप चाहिन्छ भन्ने विचारबारे सोच्न भन्दै अगाडी बडछु / मलाई एक शनिबार सन्दिप ज्ञवालीले फोन गरे /  ज्ञवालीहरुले  फेरी के आविष्कार गरे फोन गर्ने पर्ने गरि भन्ने मलाई पर्दै थियो /   सामान्य कुरा त dm मा हुन्थ्यो तर किन यसरि नयाँ शैलीमा फोन आएछ भनेको पछि सन्दिपले खुलाए / " सन्तोष पन्थ दाजु लोकन्थली आउनु भएको छ, भेट्ने  भन्दै हुनुहुन्थ्यो " भने टेलिफोनमा / समय अभाव रहेछ भन्ने पनि बुझें/   अनि म कालो जकेट लाएर निस्कें / घांटी छोप्ने जकेट नै असली जकेट रहेछ  / मेरो एउटा घांटी माथि सम्म नढाक्ने जकेट यो जाडोमा लाउन मनै लागेन / गलबन्दी यो जाडोमा लाउन परेन / घरबाट निस्केर एउटा मास्क किनेर फोन गरें " ल म आउन लागें " भनेर / सन्तोष पन्थ सहित सबै खाना खान बसेका रहेछन / " लौ कप्तानीजी कति चांडो आइपुगेछन् " भन्न थालेछन् / मैले  चाहिं पुगे पछि कुराउलन भनेर पुग्न भन्दा १० मिनेट अगाडी फोन गरेको थिएँ / पछि आए तीन जना / ज्ञवाली दुइ र तिश्नु र प्रविन गरेर ४ जनाको ठुलो टोलि ज्...

मेरो प्यारो गोदावरी

बिश्ने देखि तिश्नुजीसम्म

 तिश्नुजीसंग पहिलो भेट हुँदा सन्तोषले " ए बिस्ने"  भनेको सुन्दा मेरो ध्यान खिचिएको थियो  / आफु भन्दा अलि ठुलालाइ " ए बिस्ने" भन्ने जुन मौलिकता छ त्यसलाई सन्दिप ज्ञवालीले नि लागु गरेका रहेछन / सन्दिपलाइ फेरी " ए संदिपे " भनिने / मैले " संदिपेजी " थपेर एउटा तर्कको सुरु गरेपछि मनोहरामा  धेरै पानी बग्ने प्रयास भएको  छ / यो "बिश्ने " र "संदिपे " को स्कुलिंग  नारायण स्कुलिंग हो / नारायण पापा सन्तोष र सन्दिपका पिताजी हुनुहुन्छ / तिश्नुजीलाइ मैले पहिलो पटक भेटदा उहाँ पुतलीसडकबाट आउनुभएको थियो / उहाँको ब्याटिंगमा खासै केहि नपाएपछि र एउटा मौलिकतामात्र देखेपछि मैले दाजु भाइले खेलाडी भन्दा पुतली सडकबाट कोच ल्याएछन् भनेर बोलेको थिएँ / तिश्नुजीलाइ त्यो समय  पुतलीसडकको कोच भनिन्थ्यो /   कुनै अनुक मुखबाट "बिश्ने" भनेर  घंकिंदा म झस्किए जस्तो तिश्नुजी CA विद्यार्थी  हुनुहुन्छ भनेर सुन्दा म केहि बोलेको थिएँ /  खासमा कुनै  खास राग र प्रेम रसका बिद्वार्थी जस्ता हुन्थे तिश्नुजीका कुरा / लेखा र अर्थशास्त्रका तर्कको एक गेडो पनि तिश्नुजीले ...

दिपक ज्ञवाली, पानी, कृषि र स्नान

 दिपक ज्ञवालीलाई  पानी बिज्ञ भनेर विभूषित गर्न मलाई  मनपर्छ / राजा बिरेन्द्र र ज्ञानेन्द्रले  उहाँलाई ठोस कुनै बिभूसण प्रदान गर्नु भयो कि भएन मलाई जानकारीमा आएको छैन /  अर्थशास्त्री वा  अर्थ बिज्ञ  भन्दा कस्तो कस्तो सुनिन्छ / पूर्ण अर्थतन्त्र त कसलाई पो सम्पूर्ण रुपमा बुझ्न ज्ञान हुन्छ / पानी बिज्ञ भन्न ठिक लाग्छ /  मलाई प्रत्यक दिन स्नान गर्न पानी चाहिन्छ / नेपालको कृषि छेत्रलाई पनि पानी आवस्यक भयो नै / पिउने पानीको पनि नेपालमा समस्या छ / संविधानमा समाजवाद देखि त्यहि छापिएको कागजम शिक्षा, स्वास्थ्य सम्पूर्ण दिएको छ नेपालका महान संसादको माध्यमबाट / बिपीको  समाजवाद मान्ने अर्का पर्खर राजनेता शेरबहादुरले आफ्ना छोरालाई  विदेशमा स्कुले शिक्षा  पढाएको पनि लामो समय भयो / गगन थापाले आफ्नो छोरीहरुलाई सरकारी स्कुलमा पढाउन खोज्दा, छोरीका आमाको  veto ले गर्दा, सफल हुन सकेनन् /   नेपालको समाजवादको मौलिकता  थाँती राखेर पानीको बारे छलफल गरौँ /   दिपक ज्ञवाली भन्नु हुन्छ बर्खामा हामीलाई पानीको  भेलले पेलेर दुख दि...

काला मोजा र डा सुधाम्शु केसी

 मैले धेरै  मेंशन गरेर हैरान कटाएपछि  एक बर्ष भन्दा बढी सहेर Dr सुदाम्शु केसीले मलाई ब्लक गर्नु भयो / मलाई आज पनि सुधाम्शुजीलाई हैरान पारेकोमा गौरव लाग्छ / डा केसीको स्वभाव कस्तो भने यस्ता बिरामी आए, यसो भने उसो भने भनेर बिरामीलाई उडाएर बस्ने / उहाँले एउटा रमाइलो काम नि गर्नु भएको रहेछ / " कृपया जुत्ता नखोल्नु होला " भनेर आफुले बिरामीलाई जाँच्ने र हप्काउने कोठाको  भित्तामा टाँसेर / गनाउने मोजा आतंक बिषयमा मेरो डा केसीसंग सहमति छ /  बरु नेपाली सेनाका पुराना SLR  बन्दुक  पडकिन्नन  खासै, जाम हुन्छन/  कसैले तेर्साए पनि " जाम हुन सक्छ " भनेर आश हुनसक्छ, तर नेपालमा मानिसले जुत्ता खोले पछि फरक पर्दैन /  मोजाको गन्ध बिस्फोट हुन्छ / डा केसीले यो ज्ञान खोलिदिए पछि मैले ६ जोर नयाँ सेता रंगका मोजा किनेर ल्याएर एउटा नया अध्यायको श्री गणेश गरें/ मलाई पूर्ण सेता रंगका मोजा लगाउन ठुलो रहर थियो / तर यस्तो किन भएको  होला भनेर यो विचारलाई थप बिस्तार नगरेकोले   मोजा किन्ने बेला सेता मोजा बिर्सने रहेछु  / सफलता साथ ६ जोर...

आखिर रहेछन इश्वर काफ्ले एक

  मानिसहरु इश्वरलाई माञ्छन् / कोहि मानिस म जस्तो पशुपतिनाथ जान्चन / खासमा घुम्न / शिव रात्री  फागुनमा भएर गल्ति भएको हो / माघमा हुन पर्थ्यो / आगो ताप्ने मजा हुन्थ्यो पशुपति गएर / तर गाँजा पिउनेले गाँजा मागेर हैरान पारेर माहोललाई बिगार्छन / सानो ठाउंमा धेरै बाँदर हुने हुँदा धेरै  हगेर   बाँदरले नि हैरान पारेका छन् / पशुपति फोहर  बन्छ   / अनि बाँदरले मान्छेलाई झम्टने समस्या नि छ  /   शेर बहादुरलाई केहि गर्न  नसक्ने गगन    थापाले   कम्तिमा   पशुपतिको बाँदरको बारेमा   त केहि बोलुन / अस्ति सिटौलाले दिएको मन्त्रि खाए अब शेर बहादुर दाईले दिएको मन्त्रि खाने ? त्यो संसद विकास  कोसको  एक करोड बाँदर व्यवस्थापन गर्न लाइदिन पर्यो / यो चोटी शिव रात्रीको २/३ अगाडी मलाई आगो ताप्न पशुपति जान छ / कांग्रेश भित्र देउवा व्यवस्थापन गरेर लोकतन्त्र र फलानाको समाजवाद  ल्याउन संगठन निर्माण गर्न नसके पनि माइक्  समातेर चिच्चाउने गगनको नौलो समाजवादमा पशुपतिको बाँदरकोबारे गम्भीर छलफल होस् / रा...

स्पिन बलिङ्गको बारेमा

आजकल मलाई स्पिन बलिङ्ग बारे केहि खुल्दै छ / सन्दिप लामीछानेले googly  बाट विकेट लिने क्रम जारी छ   / त्यसैले लेग स्पिन र गूग्लीको महत्तो हामी सबैलाई भएको छ / तर delhi को बेञ्चमा बस्दा बस्दा बेञ्च फटालेका सन्दिपले भारतका  स्पीन खेल्ने  धुरन्धरलाइ खासै  बलिङ्ग गरेका छैनन् / कोहली, धवन, pandya  , रोहित शर्मा, सुर्य कुमार, मनिष pandya लगायतलाई / यस्ता खेलाडीले leg spin खेल्दा बाहिर जाने बल भन्दा भित्र आउने बलको तयारी गरेका हुन्छन / अनि गूग्लीमा  विकेट लिन ज्ञानेन्द्र मल्लले dot खेलेर प्राविधिक रुपमा निपुर्ण भएजस्तो वा बिनोद पाण्डेले खेलकुद कविताले लेखेको जस्तो सजिलो हुन्न /    ५० ओवरमा रोक्ने सुबिधा भएकाले लेग स्पिन बलरलाइ पिनास परे जस्तो देखिन्छ  / t २० मा लेग स्पिन्नर खुलेका छन्   / राम्रो गरेका छन /  offspinner को बल दाहिने हाते ब्याटरको लागि भित्र आउने हुन्छ / तर यति हुँदा हुँदै मेरो मत के छ भने off spinner ले नि गूग्ली फाल्न पर्छ किन भने यसको भित्र आउने तरिका अलिक फरक हुन्छ / अलि flat  फाल्दा नि भित्र ...

मलाई jacaranda रुख मन पर्दै छ /

 मानिसलाइ हरिया रुख सामान्य लाग्छन / भर्खर मलाई त्रिभूवन बिस्वबिध्यालयका हरिया मसलाका बोटको विशेष याद आयो / चुरोट तान्ने र ज्ञानेन्द्र मल्लका डट बलका फ्यानले ति मसलाका बोटबाट सुन्दरता देख्न सक्दैन / हरियो रङ भएकाले ति खास ध्यानमा पर्न सकेका छैनन् / मानिसलाइ हरियो भन्दा, रातो, सुन्तले, आकासे निलो, गाढा निलो, अलि अर्कै निलो, फेरी अर्कै निलो, पहेंलो आदि रंग मन पर्ने रहेछ / jacaranda २ महिना जति फुलेको याद गरेको छु / बाँकी समय यी  सन्तोष ज्ञवाली जस्तो बस्छन / मेरो माग के भने jacaranda ८ महिना फुल्न पर्थ्यो / जुनार खान्छु भनेर सुनाउने तर सन्तोष ज्ञवालीलाइ आज सम्म १ kg नि सिन्धुलीको जुनार नखुवाएका प्रदिप पोख्रेलको  गृह जिल्ला सिन्धुलीमा एउटा गुलमोहरको रुख काटिन्दै छ भन्ने समाचारमा फेला पारेको थिएँ / गुलमोहरको पात राता हुन्छन / मलाई जान्न के मन छ भने गुलमोहर कति समय रातो रहन्छ / त्रिभुवन बिस्वबिध्यालय, त्रिचन्द्र कलेज , पशुपति वरीपरि मेरो jacaranda संग संगत भएको हो / सन्तोष ज्ञवालीले भन्दा jacaranda ले मलाई सन्तोष बढी दिएका छन् / 

अस्ट्रेलियाको बलिङ्गमा केटाकेटीपना

अस्ट्रेलिया र भारत हालको  भिडन्तमा हार र जित सामान्य भएपनि अस्ट्रेलियाको समर्थन गर्दा फरक पर्दैन भनि सोच्नेलाइ अस्ट्रेलियाको फास्ट बलरले कपाल दुखाउने काम गरे / स्टार्कको स्खलित बलिङ्ग र प्याट कमिन्ग्सको  नया बलले विकेट लिन नसक्ने समस्याले आजतक र आकास चोप्राले तीन हात उफ्रने मौका पाए / नया बलले विकेट लिन नसके पछि ग्याममा ठुलो धक्का पर्छ / अस्ट्रेलियाका समर्थकलाइ ग्लेन म्याग्राथको याद बल्झियो / मलाई बेला बेला बेहेंद्रड्रोफको नि यादको आगमन भयो / अब अस्ट्रेलियाले केहि नया बलर ल्याउन पर्ने समयले  सुसेली हालेर माग गरेको छ / यो बर्ष मलाई starc को मुहार खास हेर्ने मन छैन / अब इंगलैंड र भारतको ग्याम सुरु हुँदै छ / मलाई व्यक्तिगत रुपमा इंगलैंडका दुइ ओपनरले गम्भीर बनाएका छन् /यिनीहरु पनि जित्न गार्हो हुन त्यसैले सिक्न तिर लाग्लान भन्ने संकेत श्रीलंकामा गरे / अब इंगलैंड र भारत भिडदा पनि इंगलैंड समर्थन गर्न एउटा चुनौती बनेको  अवस्था छ / इंगलैंडको माथिल्लो क्रमको ब्याटिंगको टुंगो नभए पनि मध्ये र तल्लो तहको ब्याटिंग लामो भएकोले रन बनाउलन कि भने सोच राख्न सकिन्छ /   to be ...